No Result
View All Result
Sunday, June 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री होइन लावन्य देशको राजा मात्रै हुन्छन् : महेश बस्नेत

फलैचा न्यूज by फलैचा न्यूज
पुस २९, २०७७
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री होइन लावन्य देशको राजा मात्रै हुन्छन् : महेश बस्नेत
Share on FacebookShare on Twitter

धरान । नेकपाका युवा नेता एवं केन्द्रीय सदस्य महेश बस्नेतले भीम आचार्य लावन्य देशको राजा मात्रै हुने ब्यङ्ग्य गरेका छन् ।

सुनसरीको धरानमा राष्ट्रिय युवा संघ नेपालको वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रदेश नं १ को मुख्यमन्त्री बन्ने सपना देखेका भीम आचार्य लावन्य देशको राजा मात्रै हुने ब्यङ्ग्य गरेका हुन् ।

प्रचण्ड माधव समुहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वसको प्रस्ताव दर्ता गराउदै नेता आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको छ । ओली समुहका नेता बस्नेतले भने आचार्यलाई अधिनायकवादी नेताकोरुपमा प्रस्तुत गर्दै मुख्यमन्त्री बन्ने उनको सपना पुरा नहुने टिप्पणी गरेका हुन् ।

‘सुनसरीको अधिनायकवादी राजा अब प्रदेश १ को होइन, लावन्य देशको राजा बन्नेछ, प्रदेश १ को राजा बन्ने सपनामै सिमित हुनेछ,’पुर्वमन्त्रीसमेत रहेका बस्नेतले भने,‘हाम्रा नेता केपी शर्मा ओलीलाई समर्थन गर्दा सुनसरीमा धेरै सहनु भयो, अब तपाईहरु ढुक्क हुनुस्, नेतृत्व तपाई हामीले नै गर्ने हो ।’

प्रधानमन्त्री ओलीलाई राजनेताको संज्ञा दिदै बस्नेतले जनताको मनमा ओलीको राज रहेको दाबी गरेका छन् । ओलीकै कारण सामाजिक फासीवाद र उग्रपन्थी बाटोमा हिडेको प्रचण्डलाई मुलधारमा ल्याएको भन्दै बस्नेतले ओलीको साथ छोड्दा प्रचण्ड र नेपाल सडकमा पुगेको समेत बताएका थिए ।

खिया लागेको नटबल्टु खसे जस्तै नेकपाबाट प्रचण्ड र माधव नेपाल फुटेर गएपछि पार्टीमा उर्जा बढेको र वडा वडामा भेला हुन थालेको बस्नेतले बताए । उनले सर्वोच्च अदालतबाट सही फैसला भएर बैशाख १७ र २७ मा निवार्चन हुने दाबी गरे । साथै उनले निर्वाचन आयोगबाट पनि ओली नेतृत्वको नेकपाले नै चुनाव चिह्न सुर्य पाउने पनि जिकिर गरेका छन् ।

ShareTweetPin
Previous Post

लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गर्दै यातायात अव के हुन्छ ?

Next Post

माघे सङ्क्रान्ति र यसको महत्व

Next Post
माघे सङ्क्रान्ति र यसको महत्व

माघे सङ्क्रान्ति र यसको महत्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.