ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै हो : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता टुट्नुमा ओली नै दोषी रहेको आरोप लगाएका छन् ।

दाहाल–नेपालपक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलालाई सम्वोधन गर्दै दाहालले पार्टी एकता गर्दा हतार नगरेको दाबी गरेका छन् ।

नेकपाको पछिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीको विधान अनुसरण गर्दै अघि बढेको र आफूहरु नै पार्टीको मूल धार, विधि र संस्थागत भएको उनले दाबी गरेका छन् ।

अध्यक्ष दाहालले भेलालाई सम्वोधन गर्दै प्रतिनिधिसभा विघटन भारतको इशारामा गरेको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न समेत गरेका थिए ।

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारतीय गुप्तचरका प्रमुखसँगको भेटबाटै प्रस्ट भएको बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानामा बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको हो ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दोस्रो चरणको आन्दोलनमा रहेको उक्त समूहले बुधबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गरेको हो ।

पुस ५ गते भएको प्रतिनिधिसभा विघटनसँगै राजनीतिक रुपमा पार्टी विभाजित भएपछि निरन्तर संघर्षका कार्यक्रम गर्दै आएको सो समूहले माघ २३ गतेसम्मका लागि दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here