नागढुङ्गाबाट ३७ लाख नगद र ७ लाखको चेकसहित एक जना पक्राउ

काठमाण्डौ । नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३७ लाख र सात लाख रुपैयाँको चेकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको माडीका रामकुमार गुरुङ रहेका छन् । सोमबार विहान चितवनबाट काठमाण्डौ जाँदै गरेको बा ३ ख ९१३९ नम्बरको माइक्रोबस चेक गर्ने क्रममा झोलामा लुकाइरहेको ३७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको सात लाख रुपैयाँको चेक र एक थान खाली चेकसहित गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुरुङ प्रहरीले नियन्त्रण मा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.