काठमाडौं । अहिलेको सरकारलाईअभिनेत्री मनीषा कोइरालाले नेपालीकै सरकार हो भन्ने प्रश्न गरेकी छिन् ।
सोमबार २९९ औं पृथ्वी जयन्ती मनाउन निस्किएकाहरुमाथि सिंहदरबारअगाडी भद्रगाली सडकमा प्रहरीले धरपकड गरेको प्रती कोइरालले आपत्ति जनाउँदै अहिलेको सरकार कस्को हो भन्ने प्रश्न गरेकी हुन् ।
भद्रकालीबाट सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकमा सम्मान व्यक्त गर्न जाँदै गर्दा मनीषासहितका सहभागिहरुलाई प्रहरीले रोकेपछि सामाजिक सञ्जालमार्फत् उनले यस्तो प्रश्न गरेकी हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा मनीषा कोइरालाले लेखेकी छिन्, ‘मैले आशा गरेकी थिए कि जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ । तर उस्को व्यवहार ठीक उल्टो देखियो । पृथ्वीनारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य ?’
राष्ट्र एकीकरणका नायकप्रति सम्मान व्यक्त गर्न जानेहरुप्रति पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेकोमा आपत्ति जनाउँदै उनले भनिन्, ‘पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो’ ?
सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्न जानेक्रममा सहभागि र प्रहरीबीच केहीबेर धकेलाधकेल हुँदा तनावको अवस्था सृजना भएको थियो ।