रामधुनी मन्दिर अंकित हुलाक टिकट प्रकाशनमा

रामधुनी । सुनसरीको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित रामधुनी मन्दिर अंकित दश रूपैयाँको हुलाक टिकट प्रकाशनमा आएको छ ।

रामधुनी नगरपालिका वडा नम्बर ४ मा पर्ने पबित्र तिर्थस्थल रामधुनी मन्दिर अंकित हुलाक टिकट हाल १० लाख प्रति पहिलो चरणमा प्रकाशन गरिएको हो । यस हुलाक टिकट १६ गते माननिय मन्त्रिबाट लाल मोहर लगाइएको र १७ गते बाट सुरु गरिएको छ।

लामो समय देखीको प्रायास पछि रामधुनी मन्दिर अंकित हुलाक टिकट प्रयोजनमा आएको रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्याबस्थापन समितीका अध्यक्ष डिल्ली कार्कीले बताए ।

रामधुनी मन्दिर अंकित टिकटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मन्दिरलाई प्रचार प्रसार हुने र विकासमा थप टेवा पुग्ने र टिकट प्रकाशनले रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न सहयोग गर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।

रामधुनी बाबा बनखण्डीका सचिव राम कोइराले रामधुनी मन्दिर अंकित टिकट प्रकासन हुनु भनेको सुनसरी बासीको लागी ऐतिहासिक काम भएको बताए । टिकट प्रकाशनमा आउनुले मन्दिरलाई सुनसरीमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुने उनले जानकारी दिए ।No description available.प्रमुख धार्मीक स्थलहरु मध्येको एक ‘रामधुनी मन्दिर’को आफ्नो छुट्टै विशेषता र महत्व रहको छ । त्रेतायुगमा भगवान राम वनवास आएको र त्यस बेला त्यँहा रामले बालेको अखण्ड धुनी हाल सम्म पनि बलिरहेको किंवदन्ती रही आएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here