रामधुनी । गायक अनिल जोशी र गायिका अस्मिता अधिकारीको नयाँ गीत जनकपुरे रेल’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा जगत तिरुवाले र्यााप हानेका छन् । गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रुपमा संगीत भरेका छन् ।

गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन् । डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ। माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप(अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन तथा कलर गरेका छन् ।

जनकपुरे रेल’ को निर्माता भने नवराज शर्मा रहेका छन् । ‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’को प्रस्तुतीमा निर्माण भएको म्युजिक भिडियो ‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here