बर्दिबास । महोत्तरी जिल्लाको बर्दिबासमा हास्य कलाकार धुर्मुस सुन्तलीले बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन जना सदस्यको मृत्यु भएको छ ।
२० दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो ।
ुसदाको परिवारमा ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा तथा तातो खानेकुराका अभावका कारण गत पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो ।
उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो ।
साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो । सामाजिक, धार्मिक परम्परानुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मङ्गलबार १३ औंँ दिनका पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति ९हरिनारायण सदाका माहिला छोरा० प्रभासको पनि मृत्यु भएको रामरतिले जानकारी दिए ।
गरीबी र विपन्नताका जाँतोमा पुस्तौँपुस्ता पिल्सिँदै आएकी रामरतिको परिवारलाई बन्दाबन्दीले झन् विपन्न बनाएका बेला यसपालिको चिसोले २० दिनकै अन्तरालमा परिवारका तीन सदस्यको मृत्यु भएको हो । बस्तीमा ३५० परिवार दलित मुसहर रहेकामा हाल १८ सुत्केरी र १० गर्भवती छन् ।