इटहरीमा शनिबारदेखी बुधबार सम्म विद्युत अवरुद्ध हुने

रामधुनी । इटहरीमा पून विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

रानि बिराटनगर इटहरी धरान व्यापारिक राजमार्ग अन्तर्गत सडक विस्तारका लागी पुराना विद्युतिय संरचना स्थानान्तरण गर्ने कार्य भएकाले विद्युत अवरुद्ध हुने भएको हो ।

बिहिबार एक सूचना निकालेर नेपाल विद्युत प्राधिकरण इटहरी बितरण केन्द्रले आगामी पुष २५ गते शनिबार देखी पुष २९ गते बुधबार सम्म इटहरी चोक वरीपरी तथा इटहरी चौकदेखि तरहरा सम्म ११ के.भि इटहरी फिडर, ११ के.भि उद्योग लविपुर फिडर तथा एन.टि.सी फिडरवाट आपुर्ती भईरहेको विद्युत लाईन अवरुद्ध हुने जानकारी दिएको छ ।

प्रधिकरणका अनुसार प्रत्येक दिन शनिबारदेखि बुधबार सम्म विहान ९ बजेदेखी वेलुका ४ बजे सम्म बिघुत अबरुद्ध हुने छ ।

त्यस्तै प्राधिकरणले तोकिएको समय भन्दा अगावै कार्य सम्पन्न भएमा माथि उल्लेखित समय भन्दा अगावै पनि विद्युत आपुर्ति सुचारु हुन सक्ने व्याहोरा सुचनामा उल्लेख गरेकाे छ । साथै  यस कार्यबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रती नेपाल विद्युत प्राधिकरण इटहरी बितरण केन्द्रले  क्षमा मागेको छ ।

No description available.

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.