श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् झुण्डिएको अवस्थामा फेला

पाँचथर । आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् ।

गत पुस ९ गते मध्यरातमा पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटीले आफ्नी श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेर फरार भएका थिए ।

फरार रहेका उनी बुधबार घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पात्ले ९कटुस० को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । शवलार्य फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.