संसद भवनमा आक्रमण गरेपछि कर्फ्यू, हतियारहित केही गिरफ्तार

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थक जमातले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् ।

नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीर गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै हिंसात्मक प्रदर्शनका लागि हौस्याउँदै संसद भवनभित्रै पसेर उनीहरुले तोडफोड गरेका हुन् ।

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनपछि राजधानी वासिंगटनमा कर्फ्यू लगाइएको छ भने संसद भवन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

ट्रम्पको हर्कतमा संलग्न भई हतियारसहित आक्रमणमा उत्रिएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पाँच थान हतियार पनि नियन्त्रण गरेको छ । त्यसक्रममा एक जना मारिएका छन् ।

संसद सदस्यहरुले गत नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न लागेकै बेला ट्रम्पका हतियारधारी जत्थाले संसद भवन परिसरमा प्रदर्शन र आक्रमण थालेका थिए ।

हतियारधारी ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा प्रवेश गरेर आक्रमण मात्र गरेनन, उनीहरुले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोडसमेत गरे ।ट्रम्पले भने आफ्ना उग्र समर्थकको गतिविधिको बचाउ गर्दै आफूले जितेको चुनाव धाँधली गरेर खोस्दाको परिणाम भएको तर्क गरेका छन् ।

ट्रम्पले आफ्ना समर्थकलाई घर फर्किन आग्रह गरेका छन् भने सभामुख पेलोसीले बुधबार राति संसद चल्ने प्रष्ट पारेका छन् ।उग्र हतियारधारी ट्रम्प समर्थक जत्थाले अवरोध गरेपछि केही समय इलेक्टोरल मतलाई आधिकारिकता प्रदान गर्ने सदनको कार्यक्रमसमेत केही समय रोकिएको थियो ।

झण्डै तीन घण्टा हतियारधारी ट्रम्प समर्थकले संसद भवन नियन्त्रणमा लिएका थिए । सुरक्षाकर्मीले सांसदहरुलाई भवनबाट निकाल्नु परेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ट्रम्पका समर्थकबाट भएको हर्कतलाई विद्रोही गतिविधिको संज्ञा दिएका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here