पाथीभरामा डढेलोको जोखिम घट्यो

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा लागेको डढेलो थप फैलिने जोखिम घटेको छ ।

लगातार आठ दिन अघिदेखि सुरु भएको डढेलो पूर्णरुपमा नियन्त्रणमा नआए पनि फैलनबाट रोकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए ।

प्रजिअ चापागाईँले डढेलो फैलिनबाट रोके पनि पुराना मुडाहरुमा आगो सल्किरहेको बताए । अहिले पनि ती मुडामा लागेको आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको उनले जानकारी दिए।

भौगोलिक विकटताका कारण पूर्णरुपमा डढेलो नियन्त्रणमा लिन कठिनाइ भएको उनले बताए । डढेलोले झण्डै पाँच सय रोपनी क्षेत्रफलमा क्षति पुर्याएको छ । जंगलमा बढीजसो सल्ला, साल र गुराँसका बोटमा क्षति पुगेको छ । डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान समेत नष्ट भएको छ ।Image may contain: sky, mountain, cloud, outdoor and nature

Image may contain: one or more people and outdoor७ देखि १२ वटासम्म रेडपाण्डा रहेको वनक्षेत्र आगलागीले सखाप बनाएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । पाथिभरा मन्दिर क्षेत्रनजिकै पुगेको आगो भने हेलिकोप्टरबाट पानी खन्याएर निभाइएको थियो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.