रामधुनी । अभिनेत्री ऋचा शर्माले फिल्म ‘कौसीद’ को निर्माण गर्ने भएकी छिन् । नयाँ वर्ष २०२१ को अवसर पारेर अभिनेत्री शर्माले ‘कौसीद’ निर्माण घोषणा गरेकी हुन् ।

शुक्रवार फेसबुकमा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै उनले ‘कौसीद’ नाममा फिल्म बनाउन लागेको जानकारी दिइन् ।

कुमार भाष्करले निर्देशन गर्ने फिल्मका केदार भुषाल निर्माता हुन् । ऋचा प्रस्तुतकर्ता रहेको फिल्ममा डिमेस श्रेष्ठ कार्यकारी निर्माता र लक्ष्मण बानियाँ सह९निर्माताको रुपमा रहेका छन् ।

नवविजय प्रकाश श्रेष्ठ र धिरजन थपलियाको कथा रहेको फिल्ममा ऋचा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहनेछन् ।

निशल पौडेलले खिच्ने फिल्मलाई मित्र डि। गुरुङले सम्पादन गर्नेछन् । निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदिक्क्षा गौतमलगायतको पनि फिल्ममा अभिनय रहनेछ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here