काठमाडौं । शुक्रबारदेखि अनलाईन पुन: श्रम स्वीकृति खुल्ने भएको छ। एक सूचना जारी गर्दै वैदेशिक रोजगार विभागले अनलाईन प्रणालीबाट पुन:श्रम स्वीकृतिको कार्य शुक्रबार बाट खुला गर्ने जानकारी दिएको हो।
‘श्रम स्वीकृति लिन चाहने बैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाईन माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने गरी अनलाईन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य १७ गतेबाट सूचारु हुने विभागले निकालेको सूचनामा भनिएको छ।