रामधुनी । लामोसमयदेखि इटहरीमा होटल मेनेजमेन्टसम्बन्धि तालिम र कक्षाहरु सञ्चालन गर्दै आएको आरटीआरके होटल स्कुलले चुलो रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।चुलो सञ्चालनमा आएसंगै सञ्चालनको अवसरमा आज शुक्रबारदेखि १५ दिनसम्मको फुड टेस्ट फेस्टिभल सुरु भएको छ । नेपाली मौलिक खानाहरूको प्रवद्र्धन गर्ने र पर्यटन क्षेत्रमा टेवा पुराउने उद्देश्यले चुलो रेस्टुरेन्ट सञ्चालनमा ल्याईएको चुलो रेस्टुरेन्ट तथा आरटिआरके होटेल स्कुलका व्यवस्थापक प्रेम तुम्बापोले पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएका छन् ।
फेस्टिभलमा १ सय १ दिनसम्म नेपाल भ्रमण गरी खानाकै विषयमा खोज, अनुसन्धान गरेका सेफ प्रमेलाल घिसिङले तयार गरेको नेपाली मौलिक खानाहरूको स्वाद लिन सकिने छ ।
नेपाली खानाले अन्तर्राष्ट्रिय स्तरमा खानाका पारखीहरुको मन जितिसक्दा पनि नेपालकै होटल रेष्टुरेन्टको मेनुमा ठाउँ बनाउन नसकिरहेको अवस्थामा चुलोले विभिन्न जातजाति, धर्म संस्कृतिसँका समुदायहरुले वर्षौंदेखि भान्सामा पकाइरहेको मौलिक खानालाई पस्किन सुरु गरेको हो ।
चुलो रेस्टुरेन्ट सञ्चालनमा आएसँगै फुड टेस्ट फेस्टिभल अवधिभरि १५ प्रतिशत छुट समेत दिइएको छ । आरटि आरके होटेल स्कुलले यसै वर्षदेखि होटेल व्यवस्थापनका १८ महिने डिप्लोमा कोर्सहरू सञ्चालनको तयारी गरेको छ ।
स्कुलले शिक्षा, सीपका साथै संस्कारसमेत बिद्यार्थीहरुलाई सिकाउने तुम्बापोले बताए ।