काठमाडौं । पछिल्लो समय बेलायतमा कोराना भाइरस संक्रमण तीव्र भएसँगै नेपालले बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाएको छ ।

यसअघि भारत, हङकङ र स्पेनसहितका ४० भन्दा धेरै देशले बेलायतबाट हुने उडान प्रतिबन्ध लगाइसकेका छन् ।
अध्यागमन विभागका अनुसार गत मंगलबार यताको ६ दिनमा मात्रै बेलायतबाट एक सय २ यात्रु नेपाल प्रवेश गरेका छन् ।

बेलायतबाट कुनै पनि वायुसेवाले बुधबार राति ११ बजेर ५९ मिनेटपछि यात्रु ल्याउन नपाउने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।

त्यसैगरी बेलायतमा ट्रान्जिट बनाएर नेपाल आउन पनि नपाउने बताइएको छ । तर, नेपालबाट कुनै पनि वायुसेवा चढेर बेलायत जान रोक लगाइको छैन । त्यस्तै बेलायतबाट हुन सक्ने मेडिकल लगायतका कार्गो उडानलाई भने रोक नलगाइएको पोख्रलले बताए । प्राधिकरणले अर्को निर्णय नहुन्जेलसम्मका लागि बेलायतबाट हुने यात्रु उडान आगमनमा प्रतिवन्ध लगाएको हो ।

 

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here