रामधुनी । इटहरीमा होटेल म्यानेजमेन्ट क्षेत्र रोज्ने जो कोहिका लागि परिचित नाम हो, आरटी आरके होटल मेनेजमेन्ट स्कुल । इटहरी स्थित नेपाल टेलिकम नजिक रहेको स्कुल २०६८ सालमा स्थापना भएको हो ।
सिकाईलाई पहिलो प्राथमिकतामा राख्दै अध्यापन गराउने सो स्कुलले प्रयोगात्मक शिक्षालाई विशेष महत्व दिएको छ । स्थापना भएदेखि हालसम्म ३ हजार जना विद्यार्थीलाई देश तथा विदेशमा रोजगार प्रदान गरिसकेको छ ।
संस्कारसहितको शिक्षा मुल नाराका साथ सञ्चालनमा रहेको आरटी आरके होटल मेनेजमेन्ट स्कुल सुरु हुँदा होटल मेनेजमेन्टका विभिन्न विषयहरु पढाइ हुने खासै शैक्षिक संस्थाहरु थिएनन् । तर आवश्यकता भने निकै थियो । पछिल्लो समय नेपालमा होटेल म्यानेजमेन्ट क्षेत्र रोज्ने विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा प्रदान गर्दै आईरहेको स्कुलले पढाईसँगै रोजगार समेत प्रदान गर्दै आईरहेको आरटी आरके होटल मेनेजमेन्ट स्कुलका संस्थापक प्रेम तुम्बाम्पोले बताए ।
उनले पढाईसँगै रोजगार प्रदान गर्नका लागि चुलो रेष्टुरेन्ट संचलनमा ल्याउन लागेको बताए । आफ्नो स्कुलमा अध्ययन गरेका विद्यार्थीहरुलाई देश तथा विदेशमा गएर काम गर्न कुनै समस्या नहोस् भन्ने उद्देश्यले चुलो रेष्टुरेन्ट सञ्चालन गर्न लागेको बताए । चुलो रेष्टुरेन्टमा विशेष गरेर नेपालको रैथाने खानाहरुलाई प्रबद्र्धन गर्ने लक्ष्य लिइएको छ । नेपालका तीन तारे र पाँच तारे होटलमासमेत नेपाली खानाहरु मेनुमा नसमेटिएकोले त्यस्ता परम्परागत मौलिक खानाहरुलाई प्रवद्र्धन गर्ने उनको योजना छ ।
स्कुलले सिटिइभिटिका कक्षाहरुका साथै होटल म्याजमेन्टसँग सम्बन्धित सम्पुर्ण तालिमहरु सञ्चालन गरिरहेको संस्थापक तुम्बाम्पोले बताए । यसै वर्षदेखि डिप्लोमा अध्ययन गर्न चाहाने विद्यार्र्थिहरुकालागी भर्ना समेत खुला गरिएको उनले बताए ।
जसमा प्रोफेसनल डिप्लोमा इन होटल म्यानेजमेन्ट र प्रोफेसनल डिप्लोमा इन कलीनरी आर्टस् छन् । दुवै कोर्षहरुमा ६ महिनाको सैद्धान्तिक र १ वर्षको प्रयोगात्मक कक्षाहरु हुनेछन् । यस्तै यीनै दुई विषयहरुमा योभन्दा विशिष्ट एक्जुकेटिभ तहका तालिमहरुसमेत सञ्चालनको तयारी गरिएको छ । यसका साथै विवाहित महिलाहरुलाई तालिममा विशेष प्याकेज, विदेश जान चाहने युवायुवतीहरुलाई स्पेशल कोर्ष र छोटोअवधिका सबैखाले कोर्षहरु को कक्षा सञ्चालन भइरहेको छ ।
अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट मान्यताप्राप्त स्कुलले अन्तर्राष्ट्रिय स्तरको ल्याब सुविधासमेत दिइरहेको छ । मैत्रीपूर्ण, प्राकृतिक वातावरण, मल्टिमिडिया कक्षाहरु, निःशुल्क आवास सुविधा, काम गर्दै सिक्ने अवसर, निःशुल्क पोशाक तथा शैक्षिक सामाग्री र अभ्यास सामाग्रीहरु जस्ता विशेषताहरु स्कुलका छन् । यस्तै स्कुलले विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि व्यक्तित्व विकास र सञ्चार सीपजस्ता तालिमहरुसमेत दिने गरेको छ । जसका कारण अन्य ठाउँमा उभिएर बोल्न र निर्धक्क संवाद गर्न सीप प्रदान गर्दछ ।
स्कुलले सिकाउने मात्र नभइ सिकाइसकेपछि रोजगारमा समेत लगाइदिने तुम्बाम्पो बताउँछन् । यस्तै वैदेशिक रोजगारमा लगाउन सहजीकरण समेत गर्ने उनको भनाई छ ।

















