खोटाङ । खोटाङबाट विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसिरहेको अवस्थामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले वक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ बागध्वज रहेका छन् । विप्लव कार्यकर्तामाथि हात हतियार खरखजना तथा राज्य विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
विप्लव कार्यकर्तालाई रातका समयमा भरुवा बन्दुक, राईफल तथा पेस्तोलका गोली, बारुद, छर्रा लगायत वन्दोवस्तीका सामान सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।