रोकिएन उखु किसानहरूको प्रदर्शन, हातमा उखु लिएर पदर्शनमा किसान

काठमाडौं । उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

गत शनिबार सर्लाहीबाट काठमाण्डौ आएका किसानहरूले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाउनजेलसम्म प्रदर्शनलाई निरन्तरता दिने किसानहरूले बताएका छन् ।

गत वर्ष पुस १८ गते त्यही वर्षको माघ ७ गतेभित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच मन्त्रालयले सम्झौता गराएको थियो । तर पनि उद्योगीहरूले एक वर्षसम्म पैसा नदिएपछि काठमाण्डौ आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानहरूको भनाई छ ।

बुधबार उखु हातमा लिएर किसानहरू माइतीघर मण्डलामा उभिएका थिए । सरकारले उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै किसानहरूले यसपटक निर्णायक आन्दोलन गर्ने बताएका छन् ।

यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानहरूलाई वार्ताका लागि मन्त्रालय बोलाएको छ । तर किसानहरू भने सरकार र उद्योगीहरूबीच मिलेमतो भएको भन्दै वार्ताका लागि मन्त्रालय गएका छैनन् । उद्योगीहरूबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको उखु किसानहरूले बताएका छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.