काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपाल निर्माणका लागि हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका छन् ।
पूर्वउपप्रधान मन्त्रीसमेत रहेका थापाले धर्म, संस्कृति, परम्परा र इतिहासको संरक्षण र सम्वद्र्धन गर्ने भएकाले राजसंस्थाको वकालत गरेको दाबी गरेका छन् । उनले कसले के भन्छ भन्ने चिन्ता राप्रपालाई नभएकोसमेत प्रष्ट पारेका छन् ।
उनले इतिहासको संरक्षण गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा सबल नेपाल निर्माणका लागि राजसंस्था आवश्यक भएकोमा जोड दिए ।
‘धर्म संस्कृति,परम्परा,इतिहासको संरक्षणरसम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ’, थापाले ट्विटरमा लेखेका छन्, ‘कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुँदैन ।’
धर्म संस्कृति,परम्परा,इतिहासको संरक्षण/सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ।कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुंदैन
— Kamal Thapa (@KTnepal) December 15, 2020