काठमाडौं । अमेरिकामा पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन शुरु भएको छ । पहिलो खोप न्यूयोर्ककी नर्स सान्ड्रा लिन्ड्सेले लागएकी छिन् ।
उनी लङ आइल्याण्ड जेविस मेडिकल सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा कार्यरत रहेकी छिन्। उनलाई खोप लगाइएको भिडिओ फुटेज न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोको ट्विटर फिडमा प्रसारित गरिएको थियो। न्यूयोर्क कोरोना महामारीको पहिलो लहरमा अमेरिकामा सबैभन्दा प्रभावित राज्य हो।
नर्स लिन्ड्सेले यो खोप लगाउँदा आफूलाई अन्य खोप लगाएभन्दा फरक अनुभूति नभएको बताएकी छिन्। उनले भनेकी छिन्, “मलाई लाग्छ यो एउटा सीमा हुनेछ जसले इतिहासको दुखदायी क्षण अन्त्यको शुरुवात गर्नेछ। म यो खोप सुरक्षित छ भन्ने आत्मविश्वास सबै जनतामा दिन चाहन्छु।”
अमेरिकामा पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइनेछ। त्यसका लागि विभिन्न राज्यका १४५ स्थानमा खोप पु¥याइएको छ।
अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट तीन लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। विश्वभरमा सबैभन्दा बढी संक्रमितको संख्या पनि अमेरिकामा नै छ। त्यहाँ अहिलेसम्म करीब एक करोड ७० लाख संक्रमित पत्ता लागेका छन्। सक्रिय संक्रमितको संख्या झन्डै ६८ लाख छ।