रामधुनी । रामधुनी नगरपालिका वडा नं. ५ मा नव–निर्मित अस्थायी कोभिड अस्पताल उद्घाटन भएको छ ।
सोमबार एक कार्यक्रमका विच रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नन्दकुमार बस्नेत, वडाअध्यक्ष फुयाल, रुद्रबहादुर बस्नेत, मनेशकुमार चौधरी लयागतको उपस्थितिमा अस्पतालको उद्घाटन गरिएको हो ।नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गर्दै ५ शैयाको कोभिड अस्पताल निर्माण गरेको नगर स्तरीय कोभिड रोकथाम तथा नियन्त्रण व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडाअध्यक्ष डेगराज फुयाँलले जानकारी दिए ।अस्पतालका लागि एकजना एमविएस डा. समेत नियुक्त गरिसकिएको वडाअध्यक्ष फुयाँलले अस्पताल उद्घाटन समारोहमा जानकारी दिए । तत्काल अस्पताल ‘फिबर क्लिनिक’को रुपमा संचालन गरिने र भबिष्यमा ‘आइसीयू’सहितको सेवा दिने गरी विकास गरिने नगर प्रमुख चौधरीले जानकारी दिए ।नगरपालिकाको ३ लाख र वडा नं ५ कोे १० लाख गरी कुल १३ लाख लागतमा अस्पतालको भौतिक संरचना निर्माण गरिएको फुयाँलले जानकारी दिए ।
सुरुमा नेपालमा कोरोना फैलदा निकै डर भएको र कोरोना संक्रमित हिडेको सडकमा समेत हिड्न डर हुने गरेको र नगरमा संक्रमित हुँदा तत्काल उपचारको लागी लैजान एम्बुलेन्सलाई सम्पर्क गर्दा दुई दिन पछिको समय दिएको भन्दै अवका दिनमा चाँडै वडामा एम्बुलेन्स ल्याउने वडा अध्यक्ष फुयालले जानकरी दिए । एमबुलेन्स खरिद गर्नकालागी वडा अध्यक्ष सहित नौ जनाको समुहले कोरोनाको जोखिममा एम्बुलेन्स खरिद गर्ने उदेश्यले देउसी खेलेर ४ लाख संकलन गरेको उनले बताए । एम्बुलेन्स खरिदकालागी देउसी खेलेर संकलन गरेको ४ लाख टोलविकाश बाट संकलन गरिएको ८ लाख र वडाबाट १ लाख ५० हजार गरि १३ लाख ५० हजार संकलन भएको र एम्बुलेन्स खरिद प्रकृया आगडी बढाइएको अध्यक्षले बताए ।