शुरु भयो कांग्रेसको शक्ति प्रदर्शन, १० लाख मानिस उत्रदै

रामधुनी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को राजधानी विराटनगरमा शक्ति प्रदर्शन गरेको छ । महामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत विराटनगरमा प्रदर्शन गरेको हो ।

योसँगै विभिन्न शहरमा कांग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गर्दै छन् । सभापति शेरबहादुर देउवा मकवानपुरको हेटौडामा र वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको प्रदशनमा सहभागी छन् ।

उपसभापति विमलेन्द्र निधि भक्तपुर, सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको प्रदर्शनमा सहभागी छन् ।

यसैगरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, रामशरण महत चितवन, अर्जुननरसिंह केसी पोखरा, गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर र एनपी साउद अछामको प्रदशनमा सहभागि छन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरिसकेको छ ।

कांग्रेसले यो प्रर्दशनमा लोकतन्त्र पक्षधर सवैलाई सरिक हुन आब्हान पनि गरेको छ । उसले प्रर्दशनमा १० लाख मानिस सहभागि हुने पनि दावी गरेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.