No Result
View All Result
Thursday, July 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सिक्किममा पाँचौ चासोक तङ्नाम महोत्सव सुरु

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर २६, २०७७
in मनाेरञ्जन, समाचार, समाज
0
सिक्किममा पाँचौ चासोक तङ्नाम महोत्सव सुरु
Share on FacebookShare on Twitter

पूर्व सिक्किम । आदिवासी याक्थुङ लिम्बु समुदायको सबैभन्दा ठूलो पर्व मानिने चासोक तङ्नामको अवसरमा सिक्किममा पाँचौ चासोक महोत्सव सुरु भएको छ । कोभिड महामारीका बावजुद समुदायले उत्सवमार्फत् चासोक धुमधामका साथ मनाउँदै गरेका हुन् ।

बिहीबार पूर्व सिक्किमको रानीपूलस्थित मेलाखेतमा पाँचौ चासोक तङ्नाम २०२० प्रारम्भ भएको आयोजक नियारा प्रोडक्सनकी प्रमुख नियारा ताम्लिङले जनाइन् । ‘याक्थुङ समुदायको महान् पर्व चासोकलाई जनस्तरमा निरन्तरता दिन यसपटक पनि कोभिड महामारीका बावजुद उत्सव आयोजना गरेका छौँ । समुदायको सँस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न चासोक तङ्नाम मनाउँदै आएका छौँ,’ उनले भनिन् । उत्सव सन् २०१६ देखि आयोजना गर्दै आएको ताम्लिङले बताइन् । यसपटकको उत्सव तीन दिनसम्म चल्ने उनले जानकारी दिइन् ।

पूर्वी नेपाल र सिक्किमका आदिवासी समुदाय मानिने याक्थुङ लिम्बुले पैँयू फूल फुलेको ऋतुलाई आधार मानेर उधौलीका रूपमा चासोक तङ्नाम मनाउने गर्दछन् । लिम्बुवानका गाउँघरमा चासोक थिसोक पर्व भनेर पाकेको बालीनाली भित्रयाएपछि ग्रहण गर्नुपूर्व सर्वोच्च शक्ति तागेरानिङ्वाफु युमामाङ, कूल देवता र पितृहरूलाई अर्पण गर्ने प्रचलन छ । चासोकमा पूजिने देवीदेवताहरूमा कुइकुदाप वा ताप्फेङ (तक्सङ्बा, सिरिङ्गमा, तेन्छामा, खञ्जमा, वागङ्मा), मिसेक, थुङ्दाङ्बा, युमा साम्माङ, थेबासम्माङ, काप्पोबा आदि पर्दछन् । No description available.पहिलो दिन पितृ र माङ(देउता)हरूको उपासना गरेर प्रारम्भ भएको ताम्लिङले बताइन् । उत्सवमा सिक्किम राज्यका जलस्रोत तथा जनस्वास्थ्यमन्त्री भीमहाङ लिम्बु, श्रममन्त्री मिङ्मा नोर्बु शेर्पा, अध्यक्ष पी के सुब्बा लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिमा औपचारिक कार्यक्रम उद्घाटन गरिएको थियो । उत्सवभर याक्थुङ लिम्बु समुदायको मौलिक लोक सँस्कृति या?लाङ(धान नाच), पाःलाम(धान नाच्दा गाइने लोक गीत), केलाङ(च्याब्रुङ नाच), हाक्पारे, ख्याली, ताम्के आदिको प्रस्तुति रहने छ । सामाजिक दूरी कायम गरेर आयोजना गरिएको उत्सवमा यसपटक कलाकारहरू रोशनी लिम्बु, शुकराज लिम्बु, पूmलमोती थेगिम, आइतहाङ लिम्बु, सावन लिम्बु लगायतले आफ्नो गायन कला प्रस्तुत गर्ने तालिका छ ।No description available.यसैगरी, चासोक तङ्नामकै अवसर पारेर नियारा प्रोडक्सनले आयोजना गरेको फोटो प्रतियोगिताको विजेताहरूको नामावली पनि सार्वजनिक गरिएको छ । मौलिक भेषभूषा, पहिरन र गहनाको प्रबद्र्धनका लागि आयोजना गरिएको उक्त प्रतियोगिताको बाल समूहमा अनिशा लिम्बु पहिलो, निसाम्मा लिम्बु दोस्रो र माङयुङ कुन्दे हाङ्मा तेस्रो भएका थिए । त्यस्तै, वयस्क समूहतर्फ सुनू लिम्बु पहिलो, मोन नाल्वो दोस्रो र मिम्जी सुब्बा तेस्रो घोषण गरिएका थिए । पाका समूहमा भने सुकमाया लिम्बुले पहिलो, वीरमान लिम्बुले दोस्रो र विष्णुमाया लिम्बुले तेस्रो पुरस्कार बाजी मारेका थिए । विजेताहरूलाई अन्तिम दिन भव्य समारोहबीच पुरस्कार र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।No description available.चासोक तङ्नाम उत्सवमा चारै जिल्लाबाट सहभागीहरू आउने क्रम जारी रहेको आयोजक संस्थाकी प्रमुख एवम् परिकल्पनाकार नियारा ताम्लिङले बताइन् । उनले उत्सव अवधिभर साँस्कृतिक प्रर्दशनी र मौलिक कला, सँस्कृति, भेषभूषा र परम्परासँग सम्बन्धित स्टलहरू राखिने जानकारी गराइन् । नेपालमा आयोजना हुने चासोक तङ्नाम महोत्सवहरूबाट उत्साहित भएर सुरु गरिएको उत्सवले सिक्किममा समुदायमा भातृत्वको विकास र सांस्कृतिक चेतना ल्याउन महत्वपूर्ण भूमिका खेलेको उनले थपिन् ।

Tags: तङ्नाम महोत्सव
ShareTweetPin
Previous Post

राजा देखि बिप्लब माओवादी सम्म अट्ने राज्य व्यवस्था आवश्यक छ : कमल थापा

Next Post

विप्लव समुहले हत्या गरेका प्रधानाध्यापक श्रेष्ठको अन्त्येष्टी

Next Post
विप्लव समुहले हत्या गरेका प्रधानाध्यापक श्रेष्ठको अन्त्येष्टी

विप्लव समुहले हत्या गरेका प्रधानाध्यापक श्रेष्ठको अन्त्येष्टी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.