हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरि राजा देखि बिप्लब माओवादी सम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन् ।
हेटौंडामा पार्टीको चुनाव चिन्ह “हलो” तथा झण्डा अनावरण कार्यक्रममा बोल्दै थापाले राजसंस्था र हिन्दुराष्ट्र पुुर्नस्थापनाको निमित्त सर्बपक्षिय सम्मेलन हुनुपर्ने माग गरेका थिए ।
थापाले नेपाली जनताको अभिमतबाट , राजनीतिक दलहरुको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने स्पष्ट पार्दै बिदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने समेत बताए ।
नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बुुद्धिजीवीहरुको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्न थापाले जोड दिए । गणतन्त्र, धर्म निरपेक्षता र संघीयता बिदेशिको एजेन्डा भएको चर्चा गर्दै थापाले जनताले बिस्तारै यो गम्भीर बिषय बुझ्दै गएको थापाले बताए ।
राप्रपाले उठाएको एजेन्डा प्रती जनसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्रदर्शन परिचालित नभएको दाबी समेत गरे । मुलुकमा बिकृती बिसङ्गती, भ्रष्टाचार, बेरोजगारी व्यापक भएको भन्दै संबैधानिक अङ्ग, न्यायालय, प्रहरी प्रशासनमा देखिएको सेटिङ्ग, प्रभाब, हस्तक्षेपको तिब्र आलोचना गरेका थिए ।
राप्रपालाई मुलुकको बैकल्पिक शक्ति बनाउन जनताको सहयोग आबश्यक भएको भन्दै संगठन सुदृढीकरणमा लाग्न थापाले कार्यकर्तालाई निर्देशन दिए । परिबर्तन पछि राजा ज्ञानेन्द्रको शालिन र मर्यादित भुमिका र व्यबहारको पनि थापाले खुलेर प्रसंशा गरे ।
कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य मधु अधिकारिले मुलुकमा ब्याप्त बिकृती र बिसङ्गतीका कारण बिद्रोहको अबस्था श्रीजना भएको बताए ।
राप्रपाका युबा नेता राजाराम बर्तौलाले राप्रपा र पार्टी नेतृत्वका कारण एजेन्डाको जग खडा भएको भन्दै राप्रपाको नेतृत्वमा अब आन्दोलनको आधिबेहरी ल्याउनुपर्नेमा जोड दिएका छन् ।