No Result
View All Result
Saturday, July 12, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

लकडाउन खुलेसँगै मध्यपहाडी लोकमार्गको कामले लियो गति

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर २४, २०७७
in अर्थ, प्रदेश, समाचार, हेडलाइन
0
लकडाउन खुलेसँगै मध्यपहाडी लोकमार्गको कामले लियो गति
Share on FacebookShare on Twitter

खोटाङ । खोटाङमा कोरोना कहरका कारण प्रभावित पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रेको कामले फेरि गति लिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत चखेवा भञ्ज्याङ–दिक्तेल (४६ किलोमिटर) सडकको कालोपत्रेको कामलाई निर्माण कम्पनी रमन–गोल्डेन गुड जेभीले सुरु गरेको हो ।

कोरोना महामारीका कारण मध्यपहाडी लोकमार्गको चखेवा भञ्ज्याङ–दिक्तेल सडक खण्ड कालोपत्रेको काम ठप्प भएको थियो । विभिन्न पाँच भागमा विभाजन गरेर २०७२ चैतदेखि चखेवा भञ्ज्याङ–दिक्तेल सडकको विभिन्न खण्डमा कालोपत्रे थालिएको थियो ।

चखेवा भञ्ज्याङ–दिक्तेल सडक खण्डको पाँचमध्ये चार खण्ड (सेखुवा–दिक्तेल ३६ किलोमिटर) को कालोपत्रेको जिम्मा लिएको रमन–गोल्डेन गुड जेभीले असोजदेखि काम सुरु गराएको जनाएको छ । आगामी वैशाखसम्ममा सेखुवादेखि दिक्तेलसम्मको खण्ड कालोपत्रेका काम पूरा गर्ने गरी काम सुरु गराइएको रमन–गोल्डेन गुड जेभीका साइड इञ्चार्ज आङसाङ्गे शेर्पाले बताए ।

रमन–गोल्डेन गुडको जिम्मामा रहेको पहिलो प्याकेज सेखुवा–पेलुङ (१० किलोमिटर) खण्डको ५५ प्रतिशत काम सम्पन्न भएको छ । दोस्रोपल्ट थप भएको सेखुवा–पेलुङ खण्डको एक वर्षे म्याद आगामी पुस ८ गते सकिँदै छ ।

यस्तै, दोस्रो प्याकेज पेलुङ–दारुला (आठ किलोमिटर) खण्डमा एक किलोमिटर कालोपत्र भइसकेको छ । अन्य भागमा सव–बेस, बेस, स्ट्रक्चरको काम भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलिखेलका इञ्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए । अहिलेसम्म पेलुङ–दारुला खण्डको काम झण्डै ६५ प्रतिशत पूरा भएको छ । यस खण्डको तेस्रोपल्ट थप भएको म्याद आगामी मङ्सिर २९ गते सकिँदै छ ।

तेस्रो प्याकेज दारुला–कालीखोला (९ किलोमिटर) खण्डमा ६ किलोमिटर कालोपत्रे भइसकेको छ । अहिलेसम्म यस खण्डको झण्डै ८० प्रतिशत काम सकिएको छ । तेस्रोपल्ट थपिएको दारुला–माम्खा (कालीखोला) को म्याद गत असोज ३० मै सकिएको हो ।

चौथो प्याकेज कालीखोला–दिक्तेल (नौ किलोमिटर) खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ । भरत मैनाचुली सिद्धिशाई जेभीले ठेक्का लिएको चखेवा भञ्ज्याङ–सेखुवा (१० किलोमिटर० को काम भने सुस्त देखिएको छ । काममा ढिलासुस्ती गरेसँगै ठेक्का तोड्न सूचना निकालेपछि भने कम्पनीले अहिले काम सुरु गरेको इञ्जिनियर श्रेष्ठले जानकारी दिए । अहिलेसम्म यस खण्डको काम झण्डै २५ प्रतिशत मात्र काम पूरा भएको छ ।

ShareTweetPin
Previous Post

रिलायबल फुड एण्ड बेभरेजले थप्यो दुई ब्राण्डको बदाम ड्रिंक

Next Post

लैङ्गिक हिंसा विरुद्ध वडा स्तरीय महिला जनप्रतिनिधि र पत्रकार महिला विच अन्तर संवाद कार्यक्रम सम्पन्न

Next Post
लैङ्गिक हिंसा विरुद्ध वडा स्तरीय महिला जनप्रतिनिधि र पत्रकार महिला विच अन्तर संवाद कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा विरुद्ध वडा स्तरीय महिला जनप्रतिनिधि र पत्रकार महिला विच अन्तर संवाद कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.