रिलायबल फुड एण्ड बेभरेजले थप्यो दुई ब्राण्डको बदाम ड्रिंक

रामधुनी । नेपालकै पहिलो बदाम ड्रिंक उद्योग इटहरीस्थित रिलायबल फुड एण्ड बेभरेजले थप दुई ब्राण्ड सार्वजनिक गरेको छ ।

रिलायबल चक्र र किमु ब्रान्डको बदाम ड्रिङ्क उत्पादन गरिरहेको उद्योगले आर एफबी र माउन्ट फ्रेस नामक ब्राण्ड सार्वजनिक गरेको हो । दुवै बदाम ड्रिंकको फरक स्वाद ग्राहकहरुले चाख्न पाउने कम्पनिका अध्यक्ष अशोक शाहले जानकारी दिए ।

नेपालमा एनर्जी ड्रिंकको मागलाई पूर्ति गर्ने उद्देश्यका साथ स्वदेशमै उद्योग स्थापना गरिएको शाहले जानकारी दिए । गाईको दूध र बदामको पौष्टिक गुणलाई ड्रिंकमार्फत् उपभोक्ताले प्रयोग गर्न सक्ने उनले बताए । बिरामीहरुले यो ड्रिंक पिउँदा रोग प्रतिरोधी क्षमता विकास हुने र शरीरमा तागत प्रदान गर्ने उनले बताए ।

कम्पनीले ‘स्वदेशी उत्पादन, किसानको शान, शुद्ध गाईको दूध, गुणस्तरीय बदाम’ लाई मुख्य स्लोगन बनाएर नेपाल भरी आफ्नो उत्पादन विक्री वितरण गरिरहेको छ । पछिल्लो समयमा राम्रो माग आएको बताउँदै बजार विस्तार उत्साहजनक रहेको कम्पनिले जानकारी दिएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.