मोरङ । मोरङको मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको विप्लपको समुहले हत्या हत्या गरेको छ । ५४ वर्षीय श्रेष्ठलाई ४–५ जनाको संख्यामा गएका विप्लबका कार्यकर्ताले घरबाटै अपरहण गरेका थिए ।
मंगलबार बिहान साढे ६ बजे घरमा काम गरिरहेका शिक्षकलाई घरमा आएको समूहले केही काम छ भनी लगेको स्थानीयले बताएका छन । श्रेष्ठको दुवै हात बाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरिक्षक इश्वरबाबु कार्कीले जानकारी दिए ।
सुराकीको आरोपमा बिप्लब समुहले शिक्षक श्रेष्ठको हत्या गरेको विप्लपको संगठनले जनाएको छ । एक विज्ञप्ति निकाल्दै मेचि कोसि व्युरोले आफ्ना कार्यकर्ता पक्राउ गर्न सुराक गरेको भन्दै कारवाही गरिएको जनाएको छ ।।
श्रेष्ठको घर नजिकैको घरबाट प्रहरीले दशैंमा विप्लव समूहका दुईजना नेतालाई हतियारसहित पक्राउ गरेको थियो । इलामको चुलाचुली का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गाका ३२ वर्षीय प्रतिक भनिने काशिनाथ घिमिरे हतियार सहित पक्राउ परेका थिए ।
यसैगरी गत मंसिर ८ गते मिक्लाजुङबाट बन्दोबस्तीका समान खरिद गर्न उर्लाबारी गएका विप्लव समूहका सेक्सन कमाण्डर ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाइ प्रहरीले हतियार सहित पक्राउ गरेको थियो । पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास गर्ने गरेको बताइएको छ ।