सिमेन्ट उद्योगमा भएको बम विस्फोटमा परि पाँच जना घाइते

कटारी । उदयपुरको कटारी नगरपालिका ८ स्थित एक सिमेन्ट उद्योगमा भएको बम विस्फोटमा परि पाँच जना घाइते भएका छन् ।

सौर्य सिमेन्टको खानी क्षेत्रमा विष्फोट भएको हो । विष्फोटबाट उद्योगको खानी क्षेत्रमा रहेको बा.१.ख.७९९२ नम्बरको स्काभेटर र एउटा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । अरु तीन वटा स्काभेटरमा क्षति भएको प्रहरीले जनाएको छ ।
विष्फोटनबाट कटारी नगरपालिका ८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडानं ७ का २३ वर्षीय नविन मगर, उदयपुरगढी गाउँपालिका २ का २५ वर्षीय दुर्गा तामाङ्ग, मकवानपुर जिल्लाका ३० वर्षीय सागर मोक्तान, १८ वर्षीय शिवशंकर मोक्तान घाइते भएका हुन ।

राती विष्फोट भएपछि भाग्नेक्रममा उनीहरु घाइते भएका हुन । बम विस्फोट कसले र किन गराएको खुल्न सकेको छैन । घाइतेको अवस्था सामान्य रहेको छ छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.