रामधुनी । प्रदेस नम्बर १ का कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सहकारी संस्थाहरुलाई कृषि तथा औधोगिक कच्चा पद्धार्थहरु उत्पादनमा जुट्न आग्रह गरेका छन् ।
महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभालाई सम्वोधन गर्दै मन्त्री मगरले यस्तो आग्रह गरेका हुन् ।
महिला वचत तथा ऋण सहकारी सस्था इटहरीको २२ औ साधारणसभाले आर्थिक वर्ष ०७६/ ०७७ को कारोवार अनुमोदन र आर्थिक बर्ष ०७७/०७८ को अनुमानित कार्यक्रम तथा वजेट पारित गरेको छ ।
आर्थिक वर्ष ०७७/०७८ मा ८३ करोड १३ लाख १४ हजारको अनुमानित कारोवार पारित भएको छ । सस्थाको कुल सम्पति ६२ करोड २१ लाख रहेको विवरण प्रस्तुत गरियो ।
कार्यक्रममा, प्रदेश सांसद सर्वध्वज साँवा, भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रशासन महाशाखा प्रमुख वलराम निरौला, मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेती, प्रदेश सहकारी रजिष्टार राम प्रसाद चापागाँई, राष्टिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले शुभकामना व्यक्त गरेका थिए ।
२०५५ सालमा ७५ जना सेयर सदस्यको एक लाख पूजीँ बाट महिला वचत तथा ऋण सहकारी सस्था सुरु भएको थियो । यो सस्थाले निम्न आय र कम पूँजी भएका श्रमिक, किसान, साना ब्यापारी, उद्यमी र सर्वसाधारणलाई समेटेको सस्थाकी अध्यक्ष अमृता सुब्बाले बताईन् । उनका अनुसार लक्षित वर्गवाट संकलित वचत रकमलाई शीपमुलक, उत्पादनशील र आयआर्जनका लागि परिचालन गरिएको छ ।