खोटाङ । प्रशिद्ध त्रिधार्मिक स्थल हलेसी महादेव मन्दिर मंगलबारबाट भक्तालु तिर्थजनहरुका लागि खुला गरिएको छ । विश्वव्यापी महामारी कोविड १९ को संक्रमण समुदायस्तरमा फैलिदै नगरपालिका भित्र समेत प्रभाव देखिन थालेपछि मन्दिर प्रवेशमा रोक लगाइएको थियो ।
धार्मिकस्थलहरु केहीदिन यता भक्तजनहरुका लागि खुला गरिदै लगिएको हुँदा नगरपालिकाद्धारा तोकिएको मापदण्डलाई पूर्ण पालना गराउदै महादेव मन्दिरभित्र भक्तजनहरुका लागि प्रवेश खुला गरिएको हलेसीतुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले जानकारी दिए ।
मन्दिर प्रवेश गराउँदा एकपटकमा मुलगेटबाट १० जनालाई मात्र प्रवेश गराइने, दर्शनार्थी भक्तजनहरुले मन्दिर प्रवेश गर्दा भौतिक दुरि कायम गर्दै अनिवार्य मास्क प्रयोग गर्नु पर्ने लगाएतका स्वास्थ्य मापदण्ड लागु गरिएको छ ।