दुई सय जरिवाना नतिरेका ९ जना ६ बर्षपछि पक्राउ

मोरङ । जुवा मुद्दामा अदालतले फैसला गरेको दुईसय रुपैयाँ जरिवाना नबुझाएका ९ जना ६ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत मोरङले जुवा मुद्दामा दुई सय रुपैयाँ जरिवाना तोकेका ९ जना मंगलबार पक्राउ परेका हुन् ।

प्रहरीले विराटनगर महानगरपालिका–७ का ३५ वर्षीय हंशराज जैन, विराटनगर–९ का ४१ वर्षीय रामबहादुर गुरूङ, लक्ष्मणबहादुर गुरूङ, ३० वर्षीय सुमित साह, विराटनगर–१० शान्तिचोकका ३२ वर्षीय विजय श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुलाई २०७० वैशाख १२ गते अदालतले जुवा मुद्दामा दुई सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

यसैगरी विराटनगर–९ का ६० वर्षीय नविरज खाँ, ४४ वर्षीय मजमिल हुसेन, ६४ वर्षीय रजाक भनिने राजु खाँ र ६४ वर्षीय मुन्ना कुरेशीलाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत मोरङले २०७१ जेठ २१ गते जुवा मुद्दामा दोषी ठहर गर्दै दुई सय रुपैयाँ जरिवानाको गरेको थियो ।

उनीहरु जरिवाना बुझाएर छुटिसकेका छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.