कोशी गाँउपालीकालाई मानव अधिकार समूहको ८ वुदे माग सहितको ज्ञापन पत्र

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा स्थानीय मानव अधिकार समूहले ८ वुदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । समूहले गाउँपालिकाको १ देखी ८ नम्बर वडामा जिम्मेबार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत गाउँपालिका अध्यक्ष ऐयुव अंसारीलाई ज्ञापन पत्र बुझाएको हो ।

समूहले कोशी गापाको लौकही, हरीपुर, भण्टाबारी र कोशी व्यारेज बजार क्षेत्रमा खाद्य वस्तु विक्रि अव्यवस्थित भएको र मिसावटयुक्त विक्रि गरेको गुनासो आएकाले नियमित अनुगमन गर्नुपर्ने माग गरेका छन् ।

त्यसैगरी शिक्षामा गुणस्तरीयताका लागि विद्यालयसगैं मदर्सामा समेत विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, कृषि, पशु, शिक्षा र स्वास्थ्य संस्थामा अनुगमन गरि जवाफदेहिता र नियमितताका लागि सुझाव दिने काम अनुमगन समितिले गर्नुपर्ने सुझाव दिएका छन् ।

त्यसैगरी गाउँपालिकाका कृषकहरूलाई रासायनिक मल, उन्नत जात बिउविजन समयमा उपलब्ध गराउनुपर्ने, माटो सुहाउदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने, सुकुम्बासीका लागि वितरण गरिएको ४० विघा जग्गा छुट्याएर सम्बन्धीत सुकुम्बासीलाई दिन पहल गर्नुपर्ने लगाएतका माग छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.