No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गरिबीको कारण सानै उमेरमा आमा गुमाएका समाजसेवी बास्कोटाले गरे ६० लाख बढी सहयोग

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १६, २०७७
in समाचार, समाज
0
गरिबीको कारण सानै उमेरमा आमा गुमाएका समाजसेवी बास्कोटाले गरे ६० लाख बढी सहयोग
Share on FacebookShare on Twitter

उर्लाबारी । आर्थिक अभावका कारण सही समयमा उपचार गर्न नसकी आफ्नी आमालाई गुमाएका तेह्रथुम फेदाप २ ओयाक्जुङ ५ का देव बास्कोटाले विदेशिने बेलामा धेरै पैसा कमाएर अकालमा ज्यान गुमाउनेहरुलाई सहयोग गर्ने मनमनै प्रतिबद्धता गरेका थिए ।

सोही प्रतिबद्धता अनुरुप सहयोगी, मिलनसार तथा मिहिनेती स्वभावका बास्कोटाले आफ्नो तेह्र वर्षे प्रवासी जीवनमा ६० लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग गरेर समाजको जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गरेका छन् । गरिबीको चपेटामा परी दाम कमाउने सपना बोकी तेह्र वर्षअघि साउदी अरबबाट सुरु भएको उनको वैदेशिक रोजगारीको यात्रा अहिले इजरायलमा पुगेको छ ।

यो अवस्थामा उनले आफ्ना लागि केही दामसँगै नाम पनि कमाइरहेका छन् । समाजसेवा, पत्रकारिता र गीतसंगीतको क्षेत्रमा संघर्षरत बास्कोटाको परिचयमात्र होइन, हिजोआज उनको दैनिकी नै फेरिएको छ । विदेश जाने जोकोहीले दाम त अवश्य कमाउँछन् तर दामसँगै नाम कमाउन सफल भएका छन् उनी ।

उनले आपतविपतमा परेका नेपालीहरुलाई विभिन्न समयमा गरी ६० लाख रुपैयाँ भन्दा बढीको आर्थिक सहयोग त्यस्तै करोड बढी को संयोजन गरेका छन् । बास्कोटाले प्रवासमा रहेर आफुले कमाई बचाएर नेपालको विभिन्न स्थानहरुमा समाजसेवा, सहयोग तथा पुरस्कार प्रायोजनमा खर्चिदै आएका छन् । गीतसंगीत, पत्रकारिता र समाजसेवामा रुचि भएका बास्कोटाले प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि आफ्नो कमाई खर्चिएका हुन् ।

गरिबीको कारण उपचार गराउन नसकी सानैमा आमा गुमाए कोहि पीडित उपचारको अभावमा अकालमै ज्यान गुमाउ न नपरोस भनी  आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई विषेश सहयोग गर्दै आएका बास्कोटाले अहिले सम्म ६८ जना क्यान्सर तथा मिर्गौला पीडित  खेलकुद दैबी प्रकोप पीडित मठ मन्दिर लगायत विभिन्न संघ संस्थालाइ सहयोग गरेका हुन ।

तेह्रथुम सिम्लेका मृगौलापीडित गोपाल निङलेकुलाई आफु लगायत केही सहयोगीको सहकार्यबाट ९० हजार सहयोग गरेका थिए । मृगौलापीडित रानीटार पाँचथरका तारा नेम्बाङलाई ७० हजार, तेह्रथुमको सदरमुकाममा सञ्चालन भएको तावरणमैत्री श्री कृष्ण जन्माष्टमी मेला तथा फुटबल प्रतियोगिता–२०७२ का लागि ५० हजार उपलब्ध गराएका थिए । त्यस्तै तेह्रथुमको सदरमुकाममा सञ्चालन भएको वातावरणमैत्री श्री कृष्णजन्माष्टमी मेला तथा फुटबल प्रतियोगिता–२०७३ मा लागि ३० हजार, तेह्रथुम हमरजुङ–४ का भूकम्पपीडित भद्रकुमारी तोलाङीलाई १० हजार, तिजोक युबा क्लब पान्चथरलाई मिडिया ग्रुपका विभिन्न ब्यक्तिसँग मिलेर ७० हजार, संखुवासभाको मादीमा रहेको मादी फुटबल क्लबलाई ५ हजार, मिडिया क्लब सुम्हालुङ एफएम पाँचथरलाई २०७२ सालमा १० हजार त्यस्तै २०७३ सालमा ३ हजार रुपैयाँ सहयोग गरेका थिए ।

उनकै सहयोगमा पत्रकार प्रकाश पाक्सावालाई सम्मान सहित ३० हजार प्रदान गरिएको थियो । त्यस्तै धरान पूर्वाञ्चल सिङगिङ आइडल सिजन–४ को लागि तेश्रो पुरस्कार १५ हजार पनि बास्कोटाले नै इजरायलबाट प्रायोजन गरेका थिए । प्रेस युनियन पाँचथरलाई २०७२ सालमा ५ हजार, साहित्य तेह्रथुम साहित्य पुरस्कारका लागि पहिलो पुरस्कार स्वरुप ३ हजार, संक्रन्ति आगलागीपीडितका लागि आफु सहित मीडिया ग्रुप मार्फत पहिलो चरण १ लाख ५० हजार, सिंहलिला एफएमको वार्षिकोत्सवमा १० हजार, अनेरास्ववियु जिल्ला कमिटी तेह्रथुमको अखिल कपलाइ २० हजार उनै बास्कोटाले आफ्नो कमाइबाट उपलब्ध गराएका थिए ।

फिदिमका असहाय बालबालिकालाई मित्र काफ्लेको पहलमा ५ हजार, सिंहदेवी उच्च मावि मङ्गलबारे भवन निर्माणका लागि ५ हजार, खाँदबारी एफएममा हेल्लो खाँदबारी संखुवासभामा कार्यक्रमको उत्कृष्ठ विजेतालाई १० हजार, रेडियो मितेरी पाचथर मा कार्यक्रमको उत्कृष्ठ विजेतालाई १० हजार तेह्रथमकी मिर्गौलापीडित खिनमायालाई २८ हजार त्यस्तै शंक्रान्ति बजार आगलागीपीडितलाई दोश्रो चरणमा इजरायलबाट संकलित ६० हजार उपलब्ध गराएका थिए ।

त्यस्तै तेह्रथुमको फेदाप २ साबिक ओयाक्जुङ–९ मा रहेको आफैले अध्ययन गरेकोे श्री सिद्धकाली माध्यमिक विद्यालयमा आफुले ७० हजार सहित छ लाख २४ हजारको लागतमा परदेसिएका पूर्वविद्यार्थीहरुबाट संकलन गरि सरस्वती माताको मुर्ति सहित मन्दिर निर्माण गरि बिद्यालय लाइ हस्तान्तरण गरेका छन्, साथै ओयाक्जुंग ६ कामरुंङ मा रहेको जलकन्या आधारभूत बिद्यालय मा आमाको स्मृतिमा आफ्नु लगानीमा रु ४ लाख ५० हजार बराबरको खर्चमा सरस्वती माताको मुर्ति सहित मन्दिर निर्माण गरि सकेका छन् ।

साथै जिल्ला खेलकुद विकास समिति तेह्रथुमको आयोजनामा २०७४ चैत्र २३र२४ र २५ मा तेह्रथुमको जिरीखिम्ति र म्याङलुङ बजारमा संचालन भएको १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको पहिलो पुरस्कार १५ हजार प्रयोजन गरेका छन् भने तेह्रथुम जिल्लाको बसन्तपुर म्याङलुङ २६ किलोमिटर सडक हिलाम्मे भएर सवारी चल्न नसकेपछि हेलीकप्टर चार्टर गरी उपचारका लागी काठमाडौं लगीएका म्याङलुङ नगरपालिका–५ अम्फुवाकी २७ वर्षीया दिलु लिम्बूलाई आर्थिक सहयोग स्वरूप २० हजार त्यस्तै पुर्वान्चल सिङ्गिङ स्टार सिजन(६ को दोश्रो पुरस्कार २५ हजार सहयोग गरेका छन् ।

त्यस्तै दुबइको जेलमा फिलिपिनि नागरिको हत्या आरोप मा जेल परेका फेदाप २ओयाक्जुङका खड्क बहादुर जोगि लाइ जेल मुक्त गराउन ६२लाख ब्लड जूटाउन साथै प्रक्रिया गर्नका लागी उनकै पहल साथै संयोजनमा उक्त काम सम्पन्न गरेका थिए १ पुनः सिद्धकाली माध्यमिक विद्यालयमा आफ्नो १लाख ५०हजार साथै पुर्ब बिद्यार्थी सहित ५लाख २०हजारमा स्टेज निर्माण गरि बिधालय लाइ हस्तान्तरण साथै क्यान्सर पीडित भवानि रिमाललाइ १लाख ८०हजार मिर्गौला पीडित दिल कुमारी जोगिलाइ १लाख ५० हजार समेत उन्कै पहलमा हस्तान्तरण भएको थियो १ त्यस्तै जिरीखिम्ती बृद्धबृसान्ति लाइ ५०हजार समेत ब्यक्तिगत रुपमा सहयोग गरेका थिए ।

बिगत ५बर्ष देखी संचालित आफ्नै संस्था तिनजुरे मिडिया ग्रुपका अध्यक्ष तथा संयोजक बास्कोटा को आफ्नो साथै पहल मार्फत १४लाख बढी सहयोग नेपालका विभिन्न पीडित लाइ हस्तान्तरण भइ सकेको छ ।

आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने जानकारी गराएका छन् उनको बिचारमा जीवनमरणको दोसाँधमा रहेका र आर्थिक अभाव कारण उपचार नपाएका पीडितहरुलाई सहयोग गर्नु सच्चा सेवा हो । समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन लाग्ने समूह, संस्था वा ब्यक्तिहरुलाई सहयोग गर्नु परिणाममुखी हुन्छ । बास्कोटाले रोजगार, पत्रकारिता र समाजसेवासँगै गीतसंगीतको दुनियाँमा छुट्टै पहिचान बनाइरहेका छन् । उनले ‘कस्तो रहिछ जुनी’, ‘तेह्रथुम सिंहबाहिनी’, ‘काँडेतारको जाली’, ‘पिपल छेउमा वर’, ‘पोहोरको चोली’ लगायत पाँच ओटा एल्बम सार्वजनिक गरिसकेका छ ।

ShareTweetPin
Previous Post

कडा सुरक्षाकाबीच बक्लौरीमा १५ शैयाको अस्पताल शिलान्यास, बिरोधस्वरुप कालो झण्डा प्रदर्शन (तस्बिर सहित)

Next Post

पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्दै

Next Post
पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्दै

पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.