No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चिनियाँ रक्षामन्त्री फेङ्हेको भ्रमण भेटघाटमा व्यस्त

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १५, २०७७
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
चिनियाँ रक्षामन्त्री फेङ्हेको भ्रमण भेटघाटमा व्यस्त
Share on FacebookShare on Twitter

काठमाडाैं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे एकदिने नेपाल भ्रमण पूरा गरी आइतबारै फर्कनुभएको छ । विशेष तालिकासहित आइतबार बिहान ११ बजे काठमाडौं आइपुग्नुभएका रक्षामन्त्री वेइ साँझ फर्कनुभएको हो ।

उहाँलाई गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । यस्तै, फर्किंदा पनि गृहमन्त्री थापाले नै बिदाइ गर्नुभएको थियो । विदेशी पाहुनालाई स्वागत गर्दा यसपटक ‘बादल’ले नयाँ प्रयोग गर्नुभएको छ । उहाँले शिष्टाचार साट्दा यसअघि जस्तो हात मिलाउने र अंकमाल गर्ने संस्कार छाडेर कुहिनो ठोक्काउनुभएको थियो ।

उहाँको एकदिने नेपाल भ्रमण कार्यक्रम विभिन्न भेटघाटमा व्यस्त थियो । उहाँले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा रक्षामन्त्री वेइको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारद अर्पण गरेको थियो । जंगी अड्डामा रक्षामन्त्री वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । द्विपक्षीय वार्तापछि चिनियाँ र नेपाली सेनाका प्रतिनिधिबीच सामूहिक छलफल पनि भएको थियो । उहाँले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ र उचाइमा पु¥याउन आफ्नो भ्रमणको उद्देश्य भएको प्रष्ट पार्नुभएको थियो ।
‘चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरूमा छलफल भएको थियो, जसमा मुख्यतः कोभिड–१९ महामारीका कारण प्रभावित भएका तालिम तथा प्रशिक्षार्थी आदानप्रदानका कार्यहरूलाई सुचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्तिसम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ रक्षामन्त्री वेइले नेपाली सेनाको कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्य अभियानलाई समेत सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ‘उहाँ (वेइ)को प्रतिनिधिमण्डलले दुवै विषयहरूलाई सकारात्मक रूपमा लिई उच्चस्तरीय भ्रमणलगायतका द्विपक्षीय सहयोगका कार्यहरू यथाशीघ्र सुचारु गर्ने बारेमा आश्वासन दिनुभयो,’ सेनाले भनेको छ । ‘यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहाद्रपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाको विज्ञप्तिमा उल्लेख छ । जंगी अड्डामा आयोजित छलफलमा नेपाली सेनाका लागि पूर्व–घोषित दुई अर्ब ४० करोड नेपाली रुपैयाँ चाँडै उपलब्ध गराउन वेइले प्रतिबद्धता जनाउनुभएको छ ।

जंगी अड्डापछि रक्षामन्त्री वेइ रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको थियो । सो भेटका अवसरमा नेपाल र चीनबीचको आपसी सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्रीसँगको भेटपछि रक्षामन्त्री वेइ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटका लागि शीतलनिवास पुग्नुभएको थियो ।

चिनियाँ रक्षामन्त्री वेइ २१ सदस्सीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं आउनुभएको थियो । नेपाल चीनको ६५ औं कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसर पारे उहाँ नेपाल आउनुभएको हो ।
उहाँको भ्रमण टोलीमा चिनियाँ जनमुक्ति सेनाका उच्च अधिकारीसमेत हुनुहुन्छ । अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमणपछि वेइको पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो । कोरोनाको विश्वव्यापी महामारीपछि नेपाल आउनुभएका जनरल वेइ सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुनुहुन्छ ।आजको हिमालय टाइम्समा खबर छ ।

ShareTweetPin
Previous Post

‘सरकारलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अस्वीकार्य’

Next Post

३ सय ९६ पालिकामा अस्पताल र सबै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै

Next Post
३ सय ९६ पालिकामा अस्पताल र सबै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै

३ सय ९६ पालिकामा अस्पताल र सबै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.