No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘सरकारलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अस्वीकार्य’

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १५, २०७७
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
‘सरकारलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अस्वीकार्य’
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै सार्वजनिक भएको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको छ । आइतबार मन्त्रिपरिपद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त सार्वजनिक भएको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएकाले अस्वीकार गर्ने निर्णय भएको बताउनुभयो । तथ्य, तथ्यांक जुटाएर कुनै खोज अनुसन्धानबिनै मनोगत धारणामा प्रेरित गरेर प्रतिवेदन आएको प्रवक्ता गुरुङले बताउनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले नै सन् २०१८ मा भन्दा २०१९ मा नेपालको अवस्थामा सुधार भएको रिपोर्ट सार्वजनिक गरेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारविरुद्धमा लागेको सरकार र प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गर्ने आधार के भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचारको विरुद्धमा लागेको सरकार र प्रधानमन्त्री नै भ्रष्टाचार गर्नेलाई प्रधानमन्त्रीले संरक्षण गरे भन्ने आधार के ? प्रमाणित कसरी हुन्छ ? यो तथ्यहीन र राजनीतिक पूर्वाग्रहबाट भएको हो भन्ने देखिन्छ ।’

सरकारविरुद्धका मिसनका रूपमा लागेर नेपाली जनता र सरकारलाई बदनाम गर्ने र सरकारप्रति वितृष्णा फैलाउने काम भएको बताउनुभयो । ट्रान्सपरेन्सीको नेतृत्वकर्ता नै फरक राजनीतिक पृष्ठभूमि र राजनीतिक ब्राण्ड भएको व्यक्ति भएकाले पनि प्रतिवेदनमा शंका गर्ने ठाउँ रहेको उहाँले बताउनुभयो ।

यस्तै, मन्त्री गुरुङले एक महिनायता देशका विभिन्न ठाउँमा भइरहेको राजावादीको प्रदर्शनका विषयलाई लिएर अहिले राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनर्उत्थान र प्रतिक्रियावादीहरूले टाउको उठाउन खोजेको बताउनुभयो । ‘यस्ता विषयवस्तुले समाजमा भ्रम छर्ने काम भएको छ । स्थिरता विकास र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको छ । पछिल्लो समय संवैधानिक प्रणाली, लोकतन्त्र र कानुनी शासनविरुद्ध जनता भड्काउने काम भएको छ । त्यो प्रयास भइरहेको छ’, उहाँले अगाडि भन्नुभयो, ‘प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरूका यस्ता गतिविधिमा सहभागी नहुन अपिल गर्दछौं ।’
मन्त्री गुरुङले ट्रान्सपरेन्सी इन्टरनेसनले नेपालको बेइज्जत गर्ने गरी ल्याएको प्रतिवेदन र राजावादीहरूको प्रदर्शनलाई केवल संयोग मान्न नसकिने पनि बताउनुभयो । ‘अहिले बाख्रा हराउनु र बाघ कराउनुजस्तै भएको छ । जुलाईमा तयार भएको प्रतिवेदन अहिले सरकारविरुद्ध प्रहार गर्ने गरी आएको छ’, उहाँले थप्नुभयो, ‘ट्रान्सपरेन्सीको विश्व सूचांकले प्रगति देखाउने तर उसैको नेपाल शाखाले भने बदनाम गराउने गरी प्रतिवेदन ल्याएको छ । यो केबल समयको संयोग मात्रै होइन ।’

मंसिर ७ र १० गते बसेका मन्त्रिपरिषद्का दुईवटा बैठकले विभिन्न २१ वटा निर्णय गरेको छ । मंसिर ७ को बैठकले ६ वटा निर्णय गरेको छ भने १० को बैठकले १५ वटा निर्णय लिएको छ । द्वन्द्वकालीन समयमा घाइते भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरूको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेसमा भएको आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने भएको हो । विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भई उपचार गराउनुपर्ने अवस्थामा रहेका व्यक्तिलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री गुरुङले बताउनुभयो ।

यस्तै, मन्त्रिपरिषद्ले नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणअन्तर्गत स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब एक अर्ब २५ करोड नेपाली रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । सो रकम प्रदेश नम्बर १ का लागि खर्च गरिनेछ । गैरकानुनी रूपमा नेपाल बसोबास गरिहेका मौरिसस नागरिक राहुल पञ्चुले बुझाउनुपर्ने विलम्ब शुल्क बराबर ६ हजार १६० अमेरिकी डलर र जरिवाना वाफत २५ हजार मिनाहा दिने र देश निकाला गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले कतार सरकारबाट उपहारमा आउने मर्सिडिज बेन्ज ई १८० मोडलका कारहरू परराष्ट्र मन्त्रालयबाट प्राप्त गरी सरकारी प्रयोजनमा प्रयोग गर्न स्वीकृति पनि दिएको उहाँले बताउनुभयो । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थिगित गर्ने, जिल्ला समन्वय समिति महासंघ नेपाललाई कार्यालय सञ्चालनका लागि १५ लाख अनुदान दिने र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विषयको व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रको मस्यौदामा सैद्धान्तिक स्वीकृति दिनेलगायत निर्णय सरकारले गरेको छ ।आजको हिमालय टाइम्समा खबर छ ।

ShareTweetPin
Previous Post

भारतसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित

Next Post

चिनियाँ रक्षामन्त्री फेङ्हेको भ्रमण भेटघाटमा व्यस्त

Next Post
चिनियाँ रक्षामन्त्री फेङ्हेको भ्रमण भेटघाटमा व्यस्त

चिनियाँ रक्षामन्त्री फेङ्हेको भ्रमण भेटघाटमा व्यस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.