बर्दिवासकी संक्रमित युवती घोपामा मृत्यु

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस संक्रमित युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको बर्दिवास २ की २२ वर्षीय युवती रहेकी छिन् । उनको आइतबार बिहान २ः५० बजेतिर ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।

पीसीआर परीक्षण गराउँदा मृतकलाई मंसिर २ गते कोरोना पुष्टि भएको थियो । रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि बचाउन नसकिएको प्रतिष्ठानले जानाएको छ ।

स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि भर्ना भएकी उनलाई जनकपुर सिटी अस्पतालले थप उपचार गराउन प्रतिष्ठान रेफर गरेको थियो । उनी मंसिर २ गते नै उपचारका लागि प्रतिष्ठान भर्ना भएकी थिईन् ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here