उर्लाबारीका संक्रमितको नोबेलमा मृत्यु

विराटनगर । मोरङको उर्लाबारीका कोरोना भाइरस संक्रमित एक पुरुषको शनिबार राति विराटनगरमा मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार राती ११ बजे मृत्यु भएको हो । पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने, छात्ती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ गते उनलाई अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भोलिपल्ट ५ गते रिपोर्ट पोजिटिभ आएको दाहालले बताए । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका उनको उपचारका क्रममा ज्यान गएको उनको भनाइ छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here