महासंघले पत्रकारको सुरक्षाको लागि आन्दोलन थप सशक्त बनाउने

काठमाण्डौ । नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि सञ्चालन गरेको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

महासंघको धादिङ बैरेनीमा सम्पन बैठकले घोषणापत्र जारी गर्दै पत्रकारको पक्षमा संवाद, आन्दोलन र कानूनी उपचारमार्फत प्रभावकारी रुपमा अघि बढने प्रतिवद्धता जनाएको हो ।

श्रमजिवी पत्रकारका उजुरी र गुनासाहरुलाई व्यवस्थित गर्न महासंघ केन्द्रीय कार्यालयमा श्रम डेस्क स्थापना गर्ने, श्रम समस्या देखिएका तीन वटा सञ्चारगृहहरुमा थप आन्दोलन गर्ने समेत महासंघले निर्णय गरेको छ ।

कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निःशुल्क उपचार, बेरोजगार भएका तथा दबाबपूर्ण बिदामा राखिएका पत्रकारलाई तत्काल लेखनवृत्तिको व्यवस्था गर्न, कोरोना बीमा छिटो भुक्तानी गर्न, कोरोनाका कारण प्रभावित भएका सञ्चारगृहहरुलाई सहुलियत उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने तथा कोरोनाको बहानामा पारश्रमिक उपलब्ध नगराउने, तथा निष्काशन गर्ने सञ्चार गृहलाई सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध नगराउन सरकारसँग महासंघले माग गरेको छ ।

महासंघले शाखा तथा प्रदेश समितिहरुको अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि कार्यदल समेत गठन गरेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here