विराटनगर । ईलाका प्रहरी कार्यालय रंगेलीले गाई मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका वडा नं(२ सुघाटोलका ३० वर्षिय भुपेन्द्र राई रहेका छन् ।शुक्रबार १ः३० बजेको समयमा रिसको आवेगमा आई भुपेन्द्रले आफ्नै ९जुम्ल्याहा० भाई गजेन्द्र राईको गोठमा रहेको १८ महिनाको गाईलाई हतौडाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

भुपेन्द्र र गजेन्द्र ९जुम्ल्याहा० दाजु भाई हुन् उनिहरु बिच घरायसी बिषयमा सामान्य बादबिबाद हुँदा भुपेन्द्रले गजेन्द्र राईको १८ महिनाको गाईको हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भुपेन्द्र राईलाई हतौडा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here