इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भर्चुअल विधिबाट संस्थाको १९ औं वाार्षिक साधारणसभा गर्ने भएको छ । सहकारीले मंसिर १३ गते शनिबार आज विहान ११ बजदेखि भर्चुअल विधिबाट साधारण सभा गर्न लागेको हो ।

विश्वमा फैलिएको कोरोना भाइरसका कारण अघिल्ला वर्षमा जस्तो कार्यक्रम गर्न सकिने भएकाले यो वर्ष एरिना टेलिभिजन, सुनसरी सामुदायिक रेडियो र संस्थाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कार्यक्रम रहेको सहकारीका अध्यक्ष शालिकराम ढकालले जानकारी दिए ।

कोरोना माहामारीका कारण साधारणसभा भर्चुअल विधिबाट गर्नुपर्ने अवश्था आएका कारण सम्पूर्ण शेयर सदस्यलाई प्रत्यक्ष प्रसारणमा जोडिन सहकारीले सबैमा आग्रह गरेको छ ।

इटहरी बजार, खनार, रामधुनीको झुम्का बजार, बराहक्षेत्रको बयरबन, बांगेबजार, राजाबास गरी ६ वटा सेवा केन्द्रहरु सञ्चालन रहेको यो सहकारीमा साढे १२ हजार शेयर सदस्यहरु रहेका छन् ।

१९ औं वाार्षिक साधारणसभा आ.व ०७६/७७ को प्रगति र २०७७/७८ को प्रस्तावित कार्यक्रम

 

 

 

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here