No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी नगरले नगर अस्पताल तुहाएर आर्थिक चलखेल देखी नीतिगत भ्रष्टचार गरेको आरोप

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ११, २०७७
in मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
रामधुनी नगरले नगर अस्पताल तुहाएर आर्थिक चलखेल देखी नीतिगत भ्रष्टचार गरेको आरोप
Share on FacebookShare on Twitter

झुम्का । रामधुनी नगरपालिकालाई स्वस्थ्य क्षेत्रमा अब्बल बनाउने नगर अस्पतालको दिर्घकालिन सोच नगरपालिकाले आफनै योजना तुहाएर आर्थिक चलखेल देखी नीतिगत भ्रष्टचार गरेको आरोप लागेको छ ।

नगर अस्पताल स्वस्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई साघुरो सोच बिचार र स्थानमा लगेर निर्माण गर्नु आर्थिक चलखेल देखी नीतिगत भ्रष्टचार भएको बुधवार पत्रकार सम्मेलन मार्फत ढेडी गाउँ नगर अस्पताल बचाउ संघर्ष समिति रामधुनीले आरोप लगाएको हो ।

राधुनी वडा नं. ६ को साबिक बक्लौरी वडा नं. ७ (क) ८३ नं.कित्ताको जग्गा पाँच बिगहा नौ कठ्ठा मध्ये तिन बिगहा जग्गामा प्राबिधिक इष्टिमेट सहित नगरपालिकाको सिफारिस जनसंख्या तथा स्वास्थ्य मन्त्रालयमा गएको र नगर अस्पतालकालागी योजना स्विकृत भई स्थिती सुझ–बुझकालागी समेत नगरपालिकामा पत्रचारहुदा सो योजना पछिल्लो अवस्थामा नगरपालिकाले पल्टाएको बताए ।

सो जग्गामा बन्नु पर्ने अस्पतालकालागी नगरपालिकाबाट २०७५ कार्तिक ६ गते को च.न. ५९१ बाट नक्सा, लगत इष्टिमेट मन्त्रालयमा सिफारिस गरिएको र सोही बमोजिम स्वास्थ्य मन्त्रालयको मिति २०७६ बैशाख २ गतेको च.न. ४२१ को पत्रमा सोही कित्तामै नगर अस्पतालको भवन निर्माण बजेट स्विकृति भइसकेको भएपनि नगरपालिकाले पुर्व निर्णय र अस्पताल निर्माण योजना तुहाएको बताए ।

ठुलो क्षेत्रफलमा नगर अस्पताल योजना तुहाउन मिति २०७५ श्रावण १६ गते रामधुनी नगरपालिकाको बैठकले ८३ नं.कित्ताकै जग्गा देखाएर बक्लौरी स्वस्थ्य केन्द्रको स्तर उन्नतीगरी १५ बेडको नगर अस्पताल बनाउने निर्णय गरिएको बिज्ञप्तीमा उल्लेख रहेको छ । बिकास हुनु पर्छ हामि बिकास बिरोधि होइनौं, बक्लौरी स्वस्थ्य चौकी स्तर उन्नतीहुनु पर्छ भन्ने हामि सबैको मान्यता पनि हो तर दिर्घकालिन सोचले अगाडी सारेको योजनामा नगरपालिकाबाट चलखेल हुदा बाध्य रुपमा संघर्ष समिति गठन गर्नु परेको संघर्ष समितिका अध्यक्ष प्रदिप चौधरीको भनाइ रहेको छ । साघुरो नपुग जग्गामा लगेर बनाउन लागेकोले भबिषयमै नगरवासीको स्वस्थ्य संग खेलवाड गर्न खोजेको संघर्ष समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।

नगर अस्पतालकालागी १३ कठ्ठा न्युनतम मापदण्ड हुनुपर्ने ब्यवस्था छ । तर बक्लौरी स्वास्थ्य केन्द्रको नाममा १२ कठ्ठा १७ धुर मात्र रहेको अवस्थामा मापदण्ड नपुगी त्याहा नगर अस्पतालकालागी अगावै स्विकृति हुनु नीतिगत दुरुपयोग भएको आरोप रहेको छ । यसैगरी स्विकृति भै सकेपछि १४ महिना बितेर नगरपालिकाले त्याहा १ कठ्ठा दश धुर जगा खरिद गरी मापदण्ड पुर्याउनु रकममा चलखेल र अनियमिक्ता भएको ठहर गरेको छ ।

सरकारी मुल्याङ्कन अनुसार बाटो नछोएको जग्गा प्रति कठ्ठा रु २ लाखले रहदा त्यस बिरुद्ध र चलनचल्ति भन्दा पनि दोब्रले प्रति कठ्ठा रु १४ लाखका दरले १ कठ्ठा दश धुर रु २१ लखमा खरिद गर्नु दलाली पाराले रकम अपचलन भएको जानकारी दिए । तथापी पनि क्षेत्रफलको न्युनतम माप दण्ड मात्र रहेकोले भबिषयमा नगरअस्पतालको सेवा सुबिधा बढाउनु पर्ने अवस्था आउदा पुनः त्याहा जग्गाको अभाव भएर खर्चिनु पर्ने भएकोले ढेडी गाउँको ३ बिगहामा दिर्घकालिन सोच लिएर नगरपालिका पुनर बिचार गर्नु पर्ने संघर्ष समितिको भनाइ रहेको छ ।

नगर अस्पताल निर्माणार्थ क्रमागत बजेट रु ३७ करोड रहेको सो मध्ये हालमा १८ करोड ६ लाख ८२ हजार आएको छ । क्षेत्रफलको हिसाबले न्युनतम मापदण्ड मात्र रहेकोले अस्पतालकै सोच राख्ने हो भने न्युनतम मापदण्डमा संरचना नअट्ने दावी गर्दै रु ३७ करोडमा मिलेमतो भएको हुन सक्ने संघर्ष समिति संयोजक भरत नारायण चौधरीले आरोप लगाए ।

पत्रकार सम्मेलन मार्फतनै मंसिर १२ गते नगरपालिका घेराउ तथा कोणसभा गर्ने लगायत मंसिर १५ गते कालो झण्डा देखाउदै बिरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको समितिले जनाए । संघर्ष समिति २२ सदस्य समितिको गठन भएको जानकारी दिए । नागरिक समाज तथा स्थानियहरु स्वस्फुर्त रुपमा संघर्ष समिति निर्माण गरिएको अध्यक्ष प्रदिप चौधरीले बताए ।

अस्पतालमा रहने बिभिन्न वार्डहरु सहज रुपमा संचालन गर्न लगायत भबिष्यमा बिस्तार गर्नु पर्ने अवस्था सिर्जनाहुदा नगर अस्पताल ढेडी गाउँको जग्गामा उपयुक्र्त रहने झुम्का स्थिती मेडिकल संचालक तथा स्वस्थ्य बिशेषज्ञ भुषण झाले बताए । सुबिधा सम्पन्न अस्पतालले नगरवासीमा स्वास्थ्य सुरक्षा, नगरमा आर्थिक गतिबिधि रहने, स्वस्थ्य क्षेत्रमा नमुनगर बन्न सक्ने भएकोले नगरपालिकाले ढेडी गाउँको जग्गामा बिचार गर्नु पर्ने सुझाव दिए ।

यसै बिषयमा उच्च अदालत बिराट नगरमा मुद्धा बिचाराधिन रहेकोले अहिलेनै मापदण्ड बिपरित रहेको स्थानमा शिल्यानास गर्न नहुने सामाजिक अभियान्ता रामबहादुर खड्काले सुझाव ब्यक्त गरे । बलजफती गर्न खोजे हुन सक्ने अवस्थाको जिम्मेवारी नगरपालिकाले लिनु पर्ने खड्काको चेतावनी रहेको छ ।

रामधुनी नगर प्रमुख जयप्रकाश चौधरीको अनुसार मन्त्रालयको निर्णय बमोजिम कार्यन्वयन गर्न लागेको बताए । स्वस्थ्य चौकी स्तर उन्नतीकालागी मन्त्रालयबाटै निर्णय भएर आएको हुदा सो को कार्यन्वयन गर्ने भनेर जानकारी दिए । यसैगरी उच्च अदालतमा परेको मुद्धा भवन सम्बन्धि रहेको थियो सो को फैसला भै सकेको र उनीहरुको निवेदन माग बमोजिम अदालतबाट अन्तरिम आदेश जारी गर्नु परेन भनेर फैसला भएको नगर प्रमुख चौधरीको भनाई रहेको छ ।

कार्यमन्त्रालयबाट आएको आदेश नगरपालिकाले जसरी पनि पुरा गनुपर्छ, जुन सुकै क्षेत्रकालागी आएको बिकास योजनामा बाधक बन्नु भन्दा पनि सहयोगकारी भुमिका निर्वाह गर्नु पर्ने नगर प्रमुख जय प्रकाश चौधरीले बताए । संघिय बजेट मन्त्रालयबाट प्रदेश हुदै आएको योजना र बजेटको नाम, स्थान, सिफासिर तथा किटान बक्लौरी स्वस्थ्य केन्द्रकैलागी रहेकोले यसमा कसैले दुबिधा बिवाद गर्नु पर्ने देखिदैनन् भनेर वडा अध्यक्ष हेमनारायण धामीले बताएका हुन् । स्थानिय नगरपालिकाको निर्णय भन्दा पनि केन्द्रियको निर्णय रहेकोमा बुझ्न आवश्यक रहेको वडाअध्यक्ष धामिको भनाई रहेको छ ।

 

ShareTweetPin
Previous Post

परिक्षार्थी बिध्यार्थीहरुलाई रामधुनी १ नं. वडा कार्यालयको फेसियल मास्क

Next Post

सीमा समस्या अब छलफलको एजेन्डा

Next Post
सीमा समस्या अब छलफलको एजेन्डा

सीमा समस्या अब छलफलको एजेन्डा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.