झुम्का १ । कोरोना महामारीले निमत्याएको बिपद अवस्थाले कक्षा १२ को परिक्षा बैशाख महिनामै हुनु पर्नेमा स्वस्थ्य अवस्थाकै कारण मंसिर सम्म आउदा बल्ल परिक्षा संचालन भई बिध्यार्थिकको भबिषयको बाटो खुलेको छ ।

बाटो खुले पनि समुदाय स्तरमा फैलि सकेको महामारी बिशेष भिडभाड, असावधानिले निमतिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वस्थ्य सुरक्षा माप दण्डकालागी रामधुनी १ नं. वडा कार्यालयले परिक्षार्थी बिध्यार्थीहरुलाई फेसियल मास्क बितरण गरेको हो ।

रामधुनी १ नं. वडा कार्यालयले भासि माध्यमिक बिध्यालय अन्तर्गत कक्षा १२ का परिक्षार्थी बिध्यार्थीहरुलाई फेसियल मास्क उपलब्ध गराएको छ ।

वडाले बिध्यार्थिहरुको स्वस्थ्य सुरक्षाकालागी १ सय १९ वटा फेसियल मास्क बितरण गरेको वडा अध्यक्ष महेश चौधरलिे जानकारी दिए । यसबाट कोरोना संक्रमित हुनबाट बिशेष सुरक्षा प्रदान गर्ने भएकोले फेसियल मास्कनै उपलब्ध गराएको वडाअध्यक्ष चौधरीले बताए ।

बिध्यार्थिहरु परिक्षामा सहभागीहुदा यहाबाट घर सम्म कोरोना लिएर जान नपरो भन्ने फेसियल मास्कको महत्वपुर्ण उधेश्य रहेको बिध्यालय प्रधानाध्यापक दशरथ दासले बताए । वडाकार्यालयले गरेको कार्य सराहनिय रहेको भन्दै सचेतना प्रति शिक्षक, अभिभावक र बिध्यार्थि ध्यान दिनै पर्ने प्रधानाध्यापक दासले सुझाव समेत ब्यक्त गरेका हुन् । कक्षाको १२ को नेपाली, बिषयको परिक्षा सम्पन्न भै सकेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here