No Result
View All Result
Saturday, January 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पोखरा र जनकपुरमा राजावादीहरूको शक्ति प्रदर्शन

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ११, २०७७
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
पोखरा र जनकपुरमा राजावादीहरूको शक्ति प्रदर्शन
Share on FacebookShare on Twitter

पोखरा । देशको बागडोर सम्हालिरहेको नेकपामा आन्तिरक कलह चलिरहेकै बेला देशको विभिन्न शहरहरूमा राजावादीहरूको उकुसमुकुसले पनि केही न केही सन्देश प्रवाह गरिरहेको छ ।

राजा शासन मनपराउनेहरू औपचारिक र अनौपचारिक रूपमै विभिन्न क्रियाकलापमा सक्रिय छन् भने स्वतन्त्र नागरिकहरूले पनि यस्ता गतिविधिलाई समान्य रूपमा लिएका छैनन् । बुधबार पोखरा र जनकपुरमा राजसंस्थाको पुनर्वाहलीको माग गर्दै बृहत् ¥याली प्रदर्शन गरिएको छ । धर्म रक्षा, राष्ट्र रक्षा, हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै पोखरा र जनकपुरमा बृहत् ¥याली प्रदर्शन भएको हो ।

कोरोना संक्रमणको बेवास्ता गर्दै ‘नेपाली जनता जागाै, राजा ल्याऔं देश र धर्मको रक्षा गरौं’ भन्ने नाराका साथ पोखराको अमरसिंहचोकबाट सुरु भएको मोटरसाइकल र कार ¥यालीले पोखरा बजार परिक्रमा गरी मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

¥यालीले पोखराको ट्राफिक व्यवस्था बुधबार दिनभर नै अस्तव्यस्त भएको थियो । कोणसभामा बोल्दै शिव सेनाका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले बुधबारको ¥याली र सभा कुनै दल विशेषमा केन्द्रित नरहेको तर देश बचाउनका लागि गरिएको बताउनुभयो । उहाँले राजतन्त्र नभई मुलुक बाँच्दैन भन्दै गणतन्त्र असफल भएको र नेपाली जनता सडकमा आएको दाबी गर्नुभयो । ‘स्वाभिमानी नेपाली नागरिकलाई ऋणको दलदलमा फसाएर अशान्ति र विखण्डनको बाटोतर्फ सरकारले लगेको छ’, उहाँले भन्नुभयो । उहँले देशमा भएको भ्रष्टाचार अन्याय, अत्याचार, दमनविरुद्ध जनता सडकमा आएको पनि बताउनुभयो ।

०६२–६३ को जनआन्दोलनले विस्थापित गराएको तत्कालीन ‘राष्ट्रिय गान श्रीमान् गम्भीर नेपाली….’१२ वर्षपछि पोखरामा बुधबार घन्किएको छ । राजसंस्थावादीले आयोजना गरेको सभामा निवर्तमान राष्ट्रिय गानले मौका पाएको थियो । दोस्रो जनआन्दोलनपछि संविधानसभाले राजसंस्थासँगै राष्ट्रिय गानलाई समेत विस्थापन गरेको थियो । राजवादीहरूले कार्यक्रमको आयोजना गरेपछि कास्की प्रहरीले पोखराको सुरक्षा व्यवस्था कडा पारेको थियो । सभामा पोखराका विभिन्न स्थानबाट मोटरसाइकल ¥याली र जुलुुसको सहभागिता रहेको थियो ।

बुधबार जनकपुरधाममा पनि विशाल मोटरसाइकल जुलुस निकालिएको छ । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न र २०४७ सालको संविधान पुनर्वहाली गर्न माग गर्दै ‘नेपाल राष्ट्रवादी समूह’ धनुषाले जनकपुरधाममा मोटर साइकल जुलुस निकालेको हो । राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा सहभागीहरूले नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । सहभागीले पूर्व– राजाको पक्षमा नाराबाजी गरेका थिए । जुलुसमा ‘नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर’, ‘२०४७ सालको संविधान पुनर्वहाली गर’, ‘राजतन्त्र पुनर्वहाली गर’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर’ लगायतका नारा लगाएका थिए ।

स्थानीय रेल्वे स्टेसनबाट निस्केको जुलुस भानुचोक, कदमचोक, विद्यापति चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाइल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय, मिल्स एरिया, भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा बोल्दै सहभागीहरूले देशमा भ्रष्टाचार मौलाइरहेको, बेथिति बढिरहेको, राष्ट्रियतामा आँच आइरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरू दिन–प्रतिदिन बढ्दै गइरहेकाले यसको न्यूनीकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको बताएका थिए ।

देशका प्रमुख राजनीतिक पार्टीभित्र आन्तरिक विवाद र सत्ताको खिचातानी चलिरहेको बेला देशका विभिन्न ठाउँमा यतिबेला ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शन हुन थालेका छन् । यही क्रममा बुधबार पोखरा र जनकपुरमा प्रदर्शन भएका छन् । गत बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हिन्दू राष्ट्र पुनःस्थापना तथा राजतन्त्र स्थापनको माग गर्दै व्यापक जनप्रदर्शन गरिएको थियो । सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजले आयोजना गरेको बृहत् मोटरसाइकल ¥यालीमा अधिकांश कम्युनिष्ट र कांग्रेसका कार्यकर्ताहरू सहभागी थिए ।

अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउन नसकेको र भ्रष्टाचार, अनियमितता, कालोबजारी बढेकाले यसविरुद्ध प्रदर्शन गरिएको विभिन्न ठाउँमा भएका प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरूले बताएका छन् । यस्तै, केही समय पहिला विराटनगर र बुटवलमा पनि बृहत् ¥यालीसहित ‘राजा आऊ देश बचाऊ’को नारा लागेको थियो । राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाले पछिल्लो समय देशका विभिन्न ठाउँमा राजसंस्था पुनःस्थापनाको माग राख्दै ¥याली तथा प्रदर्शन गरिरहेका छन् ।

राजनीतिक दलहरूले जनचाहनाअनुरूप काम नगर्दा देशका विभिन्न ठाउँमा यस्ता प्रदर्शन हुन थालेका हुन् । राजतन्त्र तथा हिन्दू राष्ट्रको माग गर्दै हजारौं युवा सडकमा उत्रिन थालेका छन् । गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउन नसकेको र भ्रष्टाचार, अनियमितता, कालोबजारी बढेकाले यसविरुद्ध प्रदर्शन गरिएको उनीहरूले बताउँदै आएका छन् । आजको हिमालय टाइम्समा शिव देवकोटा÷पुरन शाहले लेखेका छन् ।

ShareTweetPin
Previous Post

विदेशीलाई नेपाल घुमाउन भिसा नीति संशोधन गरिँदै

Next Post

हज समितिमा अनियमितता भएको भन्दै गृह मन्त्रालयमा उजुरी

Next Post
हज समितिमा अनियमितता भएको भन्दै गृह मन्त्रालयमा उजुरी

हज समितिमा अनियमितता भएको भन्दै गृह मन्त्रालयमा उजुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.