विदेशीलाई नेपाल घुमाउन भिसा नीति संशोधन गरिँदै

काठमाडौं । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसामा केही खुकुलो बनाउने भएको छ ।
भिसा प्रक्रियामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा आउनेहरूका लागि केही खुकुलो बनाउने भएको हो ।

विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरणसम्बन्धी काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत गराउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

विधेयकमाथिको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नेपालको पर्यटन क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताए । आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न पर्यटन क्षेत्रले ठूलो सहयोग रहने भएकाले बढीभन्दा बढी पर्यटक भित्र्याउन यसले सहयोग गर्ने उनले बताए ।

अध्यागमनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलका क्रममा रहेको छ । अध्यागमनसम्बन्धी विद्यमान कानुन परिवर्तन गर्नुपर्ने विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानुन संशोधन र एकीकरण गर्न विधेयक ल्याएको हो ।

नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ । विधेयक प्रचलनमा आएपछि विदेश जाने र विदेशबाट हुने नेपाली नागरिकको आगमनलाई पनि व्यवस्थित गर्नेछ । आजको हिमालय टाइम्समा खबर छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here