इनरुवा । शहरी विकास मंत्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा प्रधानमंत्री केपी शर्मा ओली बाहेकको विकल्प नरहेको दाबी गरेका छन् ।
पार्टी भित्रकै नेताहरु ओली सिध्याउन लागिपरे पनि प्रधानमंत्रीको दृढता र इक्षा शक्तिका सामू कोही टिक्न नसक्ने श्रेष्ठको भनाई छ ।
सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा बोल्दै मंत्री श्रेष्ठले प्रधानमंत्रीले पदबाट राजिनामा दिनु पर्ने अवस्था आए मुलुकका लागि दुर्भाग्य हुने बताए । उनले ओली प्रधानमंत्रीबाट हटेको दिनबाटै मुलुकमा संघीयता नरहने समेत दावी गरे ।
श्रेष्ठले संघीयता नचाहने शक्तिले चलखेल थालेको बताउँदै स्वयं पार्टी भित्रैबाट समेत ओली सिध्याउने प्रपञ्च भैरहे पनि प्रधानमंत्रीको राजिनामाको कुरै नआउने स्पष्ट पारे ।
प्रदेश १ का विभिन्न योजनाहरुको अनुगमनका क्रममा इनरुवा पुगेका शहरी विकास मंत्री श्रेष्ठले प्रधानमंत्रीलाई बिरामी र कमजोर अनि बुढो शरीर भएको व्यक्ति ठान्नु उचित नहुने तर्क समेत राखेका थिए ।