४३० लिटर डिजेल र मोटरसाइकल सहित ३ जना प्रहरीको नियन्त्रणमा

विरटनगर । जिल्ला प्रहरी कार्यालय विराटनगरर्ले अवैध रुपमा भन्सार छली गरी नेपालबाट भारत तर्फ लैजादै गरेको ४३० लिटर डिजेल र मोटर साईकल सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी हरीनगरागाउँपालिका वाड न. ६ का २५ बर्षिय सत्रुधन साह, ३० बर्षिय नजाम खान र ५० बर्षिय अकवाल मियाँ रहेका छन् ।

बुधबार विहान ८ बजेको समयमा विराटनगर महानगरपालिका वडा नं.११ स्थित केशलिया नहर छेउबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनिहरुले को ३२ प १०६१, को २४ प ८३०५ र को १६ प २२५६ नं. का ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली गरि ४३० लिटर डिजेल लैजादै गरेका थिए ।

बारमद गरिएको डिजेल ४३० लिटरको अन्दाजी मूल्य रु ३४,४००।– (चौतिस हजार चार सय) बारबरको डिजेल र मोटर साईकल नियन्त्रणमा लिएको लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.