No Result
View All Result
Sunday, June 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

निर्माण समयसीमाभित्रै सकिन्छ : सेना

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १०, २०७७
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
निर्माण समयसीमाभित्रै सकिन्छ : सेना
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने सम्भावना रहेको बताएको हो ।

‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पकडेको छ, जसबाट यसको समयसीमाभित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ,’ सेनाले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

७२ दशमलव ५ किलोमिटर लामो दुरी रहने सो आयोजनाको बाग्मती प्रदेश र प्रदेश २ का गरी चारवटा जिल्ला ललितपुर, काठमाडौं, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ ।

सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछि पनि स्वीकृति हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा हुन गएको ढिलाइ तथा कोभिड–१९ का कारण केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको भने स्वीकार गरेको छ ।

हाल भने अन्तर्राष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटिल पाटोका रूपमा रहेको सुरुङ मार्गका लागि कम्पनीहरूको सटिङका लागि मूल्यांकन कार्य भइरहेको सेनाले बताएको छ ।

हालसम्म १६ दशमलव २१ प्रतिशत कार्य प्रगति

२१ वैशाख २०७४ को मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सो आयोजनाको व्यवस्थापनको जिम्मेवारी सेनालाई दिने निणर्य लिएको थियो । यस्तै, १ भदौ २०७६ मा सो आयोजनाको डीपीआर स्वीकृत गरिएको थियो । सो डीपीआरअनुसार आयोजनाको अनुमानित लागत १ सय ७५ अर्ब रहेको र दु्रतमार्ग आयोजनाको निर्माण आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न गर्ने गरी काम भइरहेको सेनाले बताएको हो ।

हालसम्मको समष्टिगत कार्य प्रगति
सो आयोजना हाल छैटांै चरणमा चलिरहेको छ । हालसम्म आयोजनाको वार्षिक प्रगति भौतिकतर्फ ४२ दशमलव ८५ प्रतिशत र वित्तीयतर्फ ४२ दशमलव ८० प्रतिशत रहेको सेनाले जनाएको छ ।

यसैगरी, समष्टिगत प्रगति भौतिकतर्फ १६ दशमलव २१ प्रतिशत तथा वित्तीयतर्फ ९ दशमलव ५२ प्रतिशत रहेको छ । आयोजनाको वित्तीय प्रगति विवरणअनुसार हालसम्मको कुल वित्तीय खर्च १६ अर्ब ६६ करोड रहेको सेनाले भनेको छ ।

संरचनागत कार्य प्रगति
आयोजनाको कुल लम्बाइ ७२ दशमलव ५ किमिमध्ये ३ वटा सुरुङ मार्गको जम्मा लम्बाइ ६ दशमलव ४१ किमि, विभिन्न पुलहरूको लम्बाइ १० दशमलव ५९ किमि र ढुंगामाटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाइ ५५ दशमलव ५ किमि रहेको छ । जसअन्तर्गत आयोजनाको ४४ दशमलव १ किमि सडकखण्डको सबग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने र पुर्ने कार्यहरू हालसम्म ८८ प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।

२०७७ कात्तिकसम्म सो आयोजनाको कुल कार्य अंशको थप ५ दशमलव १० प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६ दशमलव २१ प्रतिशत प्रगति हासिल भएको सेनाले जनाएको हो ।

यसैगरी, सुरुङ खण्ड निर्माण गर्न परामर्शदाता छनोट भई एक चरणको काम सकाएर रिपोर्ट तयार गर्ने काम भइरहेको र महादेवटार, धेद्रे र लेनडाँडाबाट गरी कुल १८ गोटा बोर होल्स ड्रिलिङ गर्ने कार्य अन्तिम चरणमा रहेको तथा ड्रिलिङ गरिएका स्थानको नमुना परीक्षण गर्ने काम भइरहेको छ ।

यस्तै, सुरुङ मार्ग निर्माण कार्यका लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न हाल मूल्यांकनको कार्य भइरहेको छ । मूल्यांकनको कार्य यही मंसिर मसान्तसम्म सम्पन्न गरी थप काम गरिने सेनाले बताएको छ । कार्यतालिकाअनुसार चैतसम्ममा सम्झौता सम्पन्न भई सुरुङ मार्गको कार्य सुरु गर्ने लक्ष्य सेनाको छ ।

यसैगरी, पुल निर्माण, बेलिब्रिज निर्माण कार्यलगायतका लागि समेत आवश्यक प्रक्रिया अघि बढाइएको छ भने सुरुङ एवं पुल निर्माणलगायतका कार्यमा सहजताका लागि पहुँच मार्ग निर्माण गर्ने कार्यसमेत भइरहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम तथा कार्यान्वयन कार्ययोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०७७/७८ को पुँजीगततर्फ ८ अर्ब ८४ करोड र चालुतर्फ ९ करोड ८४ लाख गरी जम्मा ८ अर्ब ९३ करोड ८८ लाख बजेट विनियोजन भएको सेनाले जनाएको छ ।

सरकारद्वारा निर्दिष्ट भएअनुरूप नेपाली सेना राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको सो दु्रतमार्ग सडक आयोजना सफलतापूर्वक सम्पन्न गर्न कटिबद्ध रहेको सेनाले भनेको छ ।आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

ShareTweetPin
Previous Post

एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी

Next Post

प्रतिवन्धित औषधी सहित १ जना पक्राउ

Next Post
प्रतिवन्धित औषधी सहित १ जना पक्राउ

प्रतिवन्धित औषधी सहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.