No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मध्यभोटेकोसीमा करोडौं घोटाला

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १०, २०७७
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
मध्यभोटेकोसीमा करोडौं घोटाला
Share on FacebookShare on Twitter

ठेकेदार, कन्सल्ट्यान्ट र एमडीको मिलेमतोमा आर्थिक चलखेल

सिन्धुपाल्चोक । निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनामा आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्ले, चिनियाँ ठेकेदार र कन्सल्ट्यान्टको मिलेमतोमा करोडौं घोटाला भएको प्रमाण फेला परेको छ ।

स्थानीय समुदायलाई दोष थुपारेर आयोजनाको अवधि लम्ब्याउँदै आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्ले, कन्सल्ट्यान्ट दिनेश भण्डारी र चिनियाँ ठेकेदारका दोभाषे गोविन्द पौडेल करोडौंको आर्थिक चलखेलमा लागेको प्रमाण सार्वजनिक भएको छ ।

आर्थिक चलखेलमा लागेर आयोजनालाई असफल बनाउनमा कार्यकारी निर्देशक काफ्ले नै लागिपरेको आयोजनाका प्रमुख सुनिलकुमार लामाले बताउनुभयो । ‘चिनियाँ दोभाषे गोविन्द पौडेलसँग करोडौंको ड्रिल भएको अडियो नै फेलापरेको छ, सुरुङको टेस्ट नै नगरी कन्सल्ट्यान्टले सिफारिस गरेको छ।’ –मंगलबार आयोजनास्थलमा स्थानीय सरकारका प्रतिनिधि र स्थानीयबासीसामु आयोजना प्रमुख सुनिलकुमार लामाले भन्नुभयो ।

दोभाषे गोविन्दमार्फत कन्सल्ट्यान्टका दिनेश भण्डारी र आयोजनाका कार्यकारी निर्देशकका बैंक खातामा रकम जम्मा गरी सुरुङको परीक्षण नै नगरी कन्सल्ट्यान्टले सिफारिस गरेको तर आयोजना प्रमुख सुनिलकुमार लामाले आर्थिक चलखेल पत्तो पाएपछि पास भने भएको छैन । ‘सुरुङ परीक्षण नै नगरी कन्सल्ट्यान्टले सिफारिस पठायो, मैले पास गर्न मानिनँ।’ –लामाले भन्नुभयो ।

कार्यकारी निर्देशक काफ्ले, कन्सल्ट्यान्ट भण्डारी र दोभाषे पौडेलको सेटिङमा मध्यभोटेकोसी आयोजनाको साइट कार्यालयमा राम्रो काम गर्ने कर्मचारीलाई लामो समय टिक्नसम्म दिइँदैन । काम गर्ने कर्मचारी उनीहरुको सेटिङमा खेदिन्छन्, आयोजना प्रमुख सुनिल लामाले पत्तोसम्म पाउँदैनन् । ‘एमडी यता आउँदा मसँग भेटघाटसम्म हुँदैन, कन्सल्ट्यान्ट र कन्ट्र्याक्टरसँग भेटेर फर्कनुहुन्छ’, लामाले भन्नुभयो– ‘एउटा सामान्य दोभाषेसँग करोडौं ड्रिल गर्ने कार्यकारी निर्देशकले कसरी आयोजना सम्पन्न गर्न सक्छन्रु’

२०७४ सालमै सम्पन्न हुनुपर्ने मध्यभोटेकोसी आयोजनामा हालसम्म ६० प्रतिशत पनि काम सम्पन्न भएको छैन । आर्थिक चलखेलका कारण पटकपटक म्याद थप गर्दै पछिल्लोपटक पुनः म्याद थप्ने तयारी भइरहेपछि बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पासहित स्थानीय अगुवाहरु मध्यभोटेकोसी आयोजनामा भइरहेको चलखेलको भण्डाफोरमा उत्रनुभएको छ ।

‘समस्या सिर्जना गर्दै आयोजनाको म्याद थप्ने र कमाउने खेलमा एमडी मणिराम काफ्ले लागेको प्रमाण भेटियो, एउटा सामान्य दोभाषेसँगको करोडौंको ड्रिल गरेको अडियो हामीसँग छ’, बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भन्नुभयो– ‘स्थानीय समुदायका समस्या ज्युँकात्युँ छन्, एमडी नै कमाउ धन्दामा लागेर आयोजना असफल बनाउन उद्यत देखिए ।’ राष्ट्रिय गौरवको मध्यभोटेकोसी आयोजनाका धमिराहरुलाई कानुनी कारबाहीको प्रक्रियामा आफूहरु अघि बढेको उहाँले बताउनुभयो ।

मध्यभोटेकासी जलविद्युत् आयोजना क्षेत्रमा स्थानीयका जग्गाजमिन खण्डहर भएको छ । उनीहरुलाई क्षतिपूर्ति दिइनुपर्ने भए पनि हालसम्म क्षतिपूर्तिबापतको रकम नदिएको स्थानीय अगुवा सुप्पा श्रेष्ठले बताउनुभयो । ‘राष्ट्रिय गौरवको आयोजनामाथि चलखेल र खेलवाड गर्नेहरुलाई हामीले जनकारबाही गर्नुनपरोस्, यी अपराधीहरुलाई राज्यले कारबाही गरोस्।’ –श्रेष्ठले भन्नुभयो । आजको नेपाल समाचारपत्रमा नानीराम नेपालले लेखेका छन् ।

 

ShareTweetPin
Previous Post

नेकपामा कसको रणनीति के ?

Next Post

एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी

Next Post
एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी

एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.