अबैध हातहतियार सहित १ जना पक्राउ

विराटनगर । मोरङको उर्लावारी नगरपालिका- ६ बाट अबैध हातहतियार र गोली गठ्ठा सहित १ जना पक्राउ परेका छन् ।

उक्त स्थानमा केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका- २ ताप्लेजुङका ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो ।

शेर्पाको साथबाट अटो पेस्तोल युएसए लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवायल, व्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको थियो । हातहतियार र बिभिन्न दस्तावेज सहित पक्राउ परेका शेर्पा नेपाल कम्युनिष्ट पाटी विप्लव समुहका सेक्सन कमाण्डर रहेको खुल्न आएको तथा हाहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका– १७ मटेरुवाबाट १०८ थान छालाको वेल्ट सहित तस्करी कार्यमा संलग्न १ महिला पक्राउ परेकी छिन् ।

आइतबार बिहान सवा ४ बजेको समयमा केही ब्यक्तिहरुले भारतिय बजारबाट अबैध रुपमा समान भित्र्याउन लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अरबिना खातुनलाई १ सय ८ थान छालाको बेल्ट सहित पक्राउ गरेको हो ।

उक्त स्थानमा अन्य मानिसहरु समेत रहेको र समान नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमण गरी हुल हुज्जत गरेकोमा १ राउण्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिईएको थियो । पक्राउ परेकी महिलाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा घटनामा संग्लग्न अन्य मानिसहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.