विराटनगर । सम्पुर्ण वृद्धआमा, बुवा लगायतको प्रशंशाको पात्र विराटनगरका एक युवा समुह बनेको छ ।
लकडाउनमा सडक, पेटिमा बसेका असहाय, मजदुर वर्गलाई निरन्तर १ सय २० दिन भोको पेट भरेको युवा समुहले जाडोमा समस्यामा रहेकाहरुलाई न्यानो कपडा वितरण गर्दैैछन । ति युवाहरुको प्रशंशा सम्पुर्ण क्षेत्रहरुमा भइरहेको छ ।
आइतबार साे युवा समुहले विराटनगरमा रहेको विराटेश्वर वृद्धाश्रममा न्यानो कपडा वितरण गरेकाे छ । करिब २ सय थान ज्याकेट, सुईटर, शर्ट, पेन्ट, टोपी, लगायत वितरण गरको हो ।
यसअघि उक्त समुहले विराटनगरकै मानव सेवा आश्रममा ७६ जना वृद्ध, सडकपेटिमा बस्ने ३ सय जना मजदुर तथा दशै अघि १ सय जना मजदुरीलाई न्यानो कपडा वितरण गरेका थियाे ।
बाहिर आउने सकारात्मक प्रतिकृयाले काम गर्न अझ धेरै उत्साह मिलेको छ, बाहिरी मानिसले चिन्ने तरिका फरक भएको छ, धेरै मानिसहरुलाई विराटनगरमा खाना खुवाउने, न्यानो कपडा वितरण गर्ने सदस्य भन्दै राम्रो काम गरेकाे सुन्दा खुसी लाग्छ । एक अभियान्ताले भने ।
दल र राजनीति कुरा छोडेर एक अर्काको सहयोग गर्नु नै मानवता हो र यसको लागि म र मेरो समुह सधै सकृय रहने अभियानको नेत्रृत्व गरेका ओसिम आलमले बताए । उनले थाेरै भए पनि एक अर्कासँग सहकार्य गरी गरीब, असहाय तथा विपन्नहरुलाई सहयोग गर्न सचेत युवाहरुसँग आग्रह समेत गरे । उनले नेपाल सहित विश्व नै कोभिड १९ सँग लडि रहेको बेला जाडो याममा कोरोना संक्रमण समेत बढ्न सक्ने आशंका भई रहेकोले यसबाट बच्न र बचाउन आवश्वक सावधानीसमेत अपनाउनु पर्ने विषयमा चिन्ता गरे ।
अभियान दाताहरुले प्रयोग गर्न नमिल्ने कपडाहरुलाई जम्मा गरी पुन प्रयोग गर्न मिल्ने कपडाहरु धोएर वितरण गरिएको छ । सामाजिक संजालमा राखिएका अभियान्ताहरुको नम्बरमा सम्पर्क गरी दाताहरुले कपडा दिने गरेका छन् । आवश्वयक पर्दा अभियान्ताहरु नै दाताहरुकै घरमै पुगेर कपडा ल्याउने गरेका छन्र ।